कीवर्डहरू -

सामसङको ग्यालेक्सी बड २ अझै रङ्गिन डिजाइनमा आउने

सामसङको ग्यालेक्सी बड २ अझै रङ्गिन डिजाइनमा आउने

सामसङको ग्यालेक्सी बड २ अझै रङ्गिन डिजाइनमा आउने भएको छ । यो ग्यालेक्सी बड सिरिजकै निरन्तरता रहेको कम्पनीले जनाएको छ ।

यो धेरै अपडेटहरुका साथमा आउने भएको छ । पहिले बडमा दुई ओटा रङ्गको टोन मिश्रण भएको आउने गर्दथ्यो तर अब यो सिङ्गल ह्यु डिजाइनमा आउने छ ।

ग्यालेक्सी बड २ को चार्ज गर्ने बट्टा पिक्सेल बड एको जस्तै हुनेछ जुन बाहिर सेतो र भित्र आफूलाई मनपर्ने रङ्गको हुने गर्दछ । यसमा सक्रिय नोइज रिडक्सन हुनेछ तर नोइज क्यान्सिलेसनको फिचर हुँदैन् ।

यसले कल वा गीतहरुको स्पष्टता बढाउने गर्दछ । ग्यालेक्सी बड २ कहिले सार्वजनिक हुन्छ भन्ने बारे कम्पनीले कुनै पनि जानकारी दिएको छैन् ।

सामसङले आज मोबाइल वल्र्ड कग्रेस भर्चुअल कार्यक्रम गर्नेछ । जुन कार्यक्रममा यसको बारेमा केही जानकारी आउन सक्ने अनुमान लगाइएको छ ।