कीवर्डहरू -

पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने

पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने

पठाओ फुडबाट अर्डर गर्दा ३० प्रतिशतसम्म छूट पाइने भएको छ । ‘डेलिभरी ह्यापिनेस एट योर डोर स्टेप’ योजना अन्तर्गत पठाओले फुड मेनुमा ३० प्रतिशत सम्म छुट र डेलिभरीमा विशेष छुट दिने भएको हो ।

करिब ४० वटा रेष्टुरेन्टसँगको सहकार्यमा फूड मेनुमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको पठाओले जनाएको छ । साथै पठाओ फूडबाट अर्डर गरेको ४५ मिनेट भित्र कम्पनीले डेलिभरी समेत दिनेछ ।

पठाओका अनुसार ग्राहकले फूडम्यानको लाइभ ट्रयाकिङ गर्न सक्ने र एकै पटक तीन फरक रेष्टुरेन्टबाट अर्डर गर्न सक्नेछन् । पठाओले हाल स्वास्थ्यका मापदण्ड अपनाएर सेवा दिइरहेको छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको थियो ।

सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको एक घण्टामै होम डेलिभरी दिने गरि जेठ ३० गतेदेखि सुरु गरिएको पठाओ बजार परीक्षणको क्रममा रहेको छ ।