कीवर्डहरू -

चीनले शेयर गर्‍यो मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो (भिडियो)

चीनले शेयर गर्‍यो मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो  (भिडियो)

चीनले मङ्गल ग्रहको रोभरले खिचेको भिडियो र अडियो सेयर गरेको छ । चीनको रोभर जुरोङले मङ्गल ग्रहमा ल्याण्ड भएदेखिको प्रारम्भिक सबै क्रियाकलापको बारेमा क्लिपहरु खिचेर पठाएको छ । जुरोङले कति दूरी पूरा गरेको छ भनेर प्यानोरो पनि खिचेर पठाएको छ ।

जुरोङले सम्पूर्णमा ल्याण्ड भएको ठाउँबाट ७७४ फिट दूरी पूरा गरिसकेको छ । भिडियोमा मेक्यानिजम र चक्का घुमेको आवाजनै बढि आएको छ । यो मङ्गल ग्रहको अडियो एकदमै विरलै प्राप्त हुने हुँदा मिसनका मान्छेहरुले अडियो कस्तो छान्ने भनेर अप्सन पाउँदैनन् ।

जुरोङ चीनको पहिलो आत्मनिर्भर मिसन भएकाले भिडियोमा विशेषगरी आफ्नो उपलब्धिको बारेमा बताउन खोजिएको छ । हालैमा नासाको पर्सिभियरेन्सले पनि अडियो सार्वजनिक गरेको थियो ।