कीवर्डहरू -

वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउन एक स्टार्टअप खरिद गर्दै जूम 

वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउन एक स्टार्टअप खरिद गर्दै जूम 

जूमले भिडियो कलमा वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउनका लागि एउटा स्टार्टअप खरिद गर्ने भएको छ ।

यो स्टार्टअपको नाम कार्लसरुही इन्फोरमेसन टेक्नोलजी रहेको छ र यो एक जर्मन स्टार्टअप हो । यसको प्रणाली मेसिन लर्निङ आधारित वास्तविक समयमै अनुवाद गर्ने रहेको छ ।

कम्पनीको अर्काे नाम काइट्स पनि हो र यो कम्पनीले कार्लसरुही इन्स्टिच्युट अफ टेक्नोलजीसँग सहकार्य गरेको छ । कम्पनीमा यही विषयमा अन्वेषण गर्ने दर्जनौँ अन्वेषकहरु रहेका छन् ।

जूमले यो सम्झौताको वित्तिय पक्षको बारेमा केही पनि खुलाएको छैन् तर आगामी दिनमा जर्मनीमा अन्वेषण र विकास केन्द्र खोल्ने बताएको छ ।

मेसिन लर्निङमा आधारित वास्तविक समयमै अनुवादले गर्दा विश्वव्यापी रुपमैः जूमको ग्राहकहरुलाई सहयोग पुग्ने देखिएको छ ।

यसले यो फिचर पहिले देखिनै भएको सिस्को जस्तो भिडियो कन्फेरेन्सिङ एपसँग प्रतिस्पर्धामा गर्नका लागि पनि जूमलाई सहयोग पुर्‍याउनेछ ।