कीवर्डहरू -

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गर्दै

गूगलले एन्ड्रोइडका लागि डिजिटल कोभिड भ्याक्सिन कार्ड सपोर्टको निर्माण गरिरहेको छ । यसले एन्ड्रोइड प्रयोगकर्ताका लागि डिजिटल खोप कार्ड स्टोर गर्न अझै सहज बनाउनेछ ।

यसलाई कम्पनीले कोभिड कार्ड नाम दिएको छ । यो फिचर सुरुमा अमेरिकामा रोल आउट हुने भएको छ ।

यो फिचरका लागि गूगलले स्वास्थ्य सेवा प्रदायक, स्थानीय सरकार र अरु कोभिड खोप बाडँने संस्थासँग सहकार्य गर्ने भएको छ । यो फिचरमा कोभिड परिक्षणको परिणाम पनि स्टोर गर्न मिल्छ ।

गूगल सपोर्ट पेजका अनुसार खोपका लागि कार्डले त्यो व्यक्तिले कहिले खोप लगाएको थियो र कुन खोप लगाएको थियो भन्ने जानकारी दिन्छ ।

यसमा कुनै वेबसाईट, एप, टेक्सट वा ईमलबाट खोप कार्डको जानकारी स्टोर गर्न सकिन्छ । यो जानकारी क्लाउडमा सेभ नहुने र त्यो जानकारीलाई विज्ञापनका लागि प्रयोग नगर्ने कम्पनीले बताएको छ । यो कार्ड हेर्नका लागि गूगल पे एप पनि चाहिँदैन् ।