कीवर्डहरू -

फाइभजी विकासका लागि इनोभेसन चाहिन्छः रायन डिंग

फाइभजी विकासका लागि इनोभेसन चाहिन्छः रायन डिंग

मोबाइल वर्ल्ड कंग्रेस बार्सिलोना २०२१ को क्रममा ह्वावे कार्यकारी निर्देशक र क्यारियर बीजीका अध्यक्ष रायन डिंगले इनोभेशन: लाईटिंग अप द फ्युचरमा एक किनोट स्पिच प्रस्तुत गरेका छन् ।

डिंगले आफ्नो प्रस्तुतिमा आईसीटीमा इनोभेशन विश्वव्यापी अर्थतन्त्रको प्रमुख चालक बन्न पुगेको छ र यसको भ्यालु टेलिकम उद्योग भन्दा धेरै बढिरहेको बताएका छन् ।

उनले भने, ‘फाइभजीमा चलिरहेको इनोभेशनले विशेष गरी अपरेटरहरू, आईसीटी उद्योग र विश्वव्यापी अर्थतन्त्रलाई बढी भ्यालु दिनेछ र हरेक उद्योगको भविष्य उज्यालो पार्नेछ ।’

कार्यक्रममा डिंगले भने, ‘महामारीले एक न्यू नर्मल सिर्जना गरेको छ जहाँ डिजिटल अर्थव्यवस्था विश्वव्यापी अर्थव्यवस्थाको लागि प्रेरणा हो । डिजिटल अर्थव्यवस्थाको आधारशिलाका रूपमा आईसीटी इन्फ्रास्ट्रक्चरले महत्वपूर्ण भूमिका खेल्दै छ ।’

डिंगले आईसीटीको भ्यालु अब टेलिकम उधोग भन्दा अधिक छ र वैश्विक अर्थतन्त्रमा परिवर्तनकारी असरहरू भएको उल्लेख गरे ।

चीनमा १८ महिना भन्दा कममा ८२०,००० भन्दा बढी फाइभजी बेस स्टेशनहरू परिचालन गरिएको छ । चिनियाँ अपरेटरहरूले यस वर्षको पहिलो त्रैमासिक अवधिको राजस्वमा ६.५ प्रतिशत र नेट प्रोफिटमा ५.६ प्रतिशतले वृद्धि हासिल गरेको छ ।

डिंगले भने, ‘हाल फाइभजीमा अपरेटर्सको प्रमुख लक्ष्य भनेको नेटवर्क डिप्लोइमेन्ट, बजार विकास र अपरेशन अप्टिमाइजेसनको माध्यमबाट तीन प्रमुख बजार – उपभोक्ता, घर र  उद्योगमा ब्यबसायिक सफलता हासिल गर्नु हो ।’

‘उपभोक्ता बजारमा फाइभजी को अर्थ केवल द्रुत गति मात्र होइन; यसले नयाँ अनुभव र नयाँ भ्यालु पनि ल्याउँदछ,’ उनी भन्छन्, ‘केही अपरेटरहरूले पहिले नै प्रारम्भिक व्यापार सफलता हासिल गरिसकेका छन् ।’

डिंगका अनुसार फाइभजी टू सी बजारमा सफल हुन एक अपरेटरले लिन सक्ने तीन चरणहरू छन् । पहिलो भनेको लक्षित नेटवर्क योजना र हाई–भ्यालु क्षेत्र, मुख्य सिनारियो र सम्भावित प्रयोगकर्ताहरूमा लगानीको साथ फाइभजी डिप्लोइमेन्ट छरितो गर्नु हो ।

दोस्रो भनेको प्रयोगकर्ता माइग्रेसनको गति बढाउनु हो र तेस्रो चरण भनेको भ्यालु संचालित फराकिलो मूल्य निर्धारण मोडेलहरू सिर्जना गर्नु हो ।

‘फाइभजी सफलतालाई पहिले फाइभजी नेटवर्क चाहिन्छ जसले सब भन्दा उत्तम उपयोगकर्ता अनुभव प्रदान गर्दछ र यसले कसरी हामी ह्वावेमा नवीनता ल्याउछौ भनेर मार्गदर्शन गर्दछ,’ डिंगले भने ।

आफ्ना भनाईका निष्कर्षमा डिंगले फाइभजी विकासका लागि इनोभेशन चाहिन्छ विषयमा जोड दिए  ।