कीवर्डहरू -

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले राष्ट्रिय क्रिक्रेट टोलीलाई दियो ५ लाख

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले राष्ट्रिय क्रिक्रेट टोलीलाई दियो ५ लाख

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले गत वैशाखमा नेपाल नेदरल्याण्ड र मलेसियाबीच भएको त्रिदेशिय क्रिक्रेट प्रतियोगितामा उपाधि जितेको क्रिक्रेट टोलीलाई ५ लाख रूपैयाँ दिएको छ ।

राष्ट्रिय क्रिक्रेट टोलीलाई ५ लाख दिएसँगै माइ सेकेण्ड टिचरले उक्त प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही एक लाख रूपैयाँ पनि प्रदान गरेको छ । निषेधाज्ञाका कारण उक्त पुरस्कार यही बुधबार मात्र हस्तानतरण गरिएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिक्रेट स्टेडियम किर्तिपुरमा आयोजित सिरिजमा मलेशिया र नेदरल्याण्डडसलाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो ।

गत बैशाख १ गते नेपालको शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यका साथ माइ सेकेन्ड टिचर सार्वजनिक भएको थियो । क्याम्ब्रिज स्कुल सिंगापुरले तयार पारेको यो प्लेटफर्म नेपालसहित विश्वका १८ देशमा लागु भइसकेको छ भने यो वर्ष ५० देशमा पुग्दैछ ।

क्याम्ब्रिज स्कुलले डेभलप गरेको यो प्लेटफर्मलाई नेपालमा आइएनजी ग्रुप र इनोभेटिभ टेकले ल्याएको हो ।माइ सेकेण्ड टिचरले विद्यार्थी, शिक्षक, अभिभावकदेखि शैक्षिक संस्थाहरुबाट धेरै राम्रो प्रतिक्रिया पाएको छ । \\

हाल माइसेकेण्ड टिचरका ग्राहक २० हजार भन्दा बढी भइसकेका छन् । अहिले यस प्लेटफर्ममा कक्षा १० को ४ वटा मात्र विषय उपलब्ध छन् ।

नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागेको माइ सेकेन्ड टिचर एक इ–लर्निङ प्लेटफम हो। माइ सेकेण्ड टिचरमा भएका कोर्ष पाठ्यक्रम विकास केन्द्र (सिडिसी) को कोर्षअनुसार शैक्षिक सामग्री डिजाइन भइरहेका छन् ।

यसमा प्रयोग भएको भाषा पनि बोलिचालीको छ । सबै विद्यार्थीले बुझ्न सकुन् भनेर अंग्रेजी र नेपाली भाषा दुवै मिसाएर कोर्ष डिजाइन गरिएको छ ।

अहिले कक्षा दशको अंग्रेजी, गणित, विज्ञान र अर्थशास्त्र चार विषय मात्र डिजाइन भए पनि अर्को वर्षसम्म कक्षा ६, ७, ८, ९, ११ र १२ कक्षाको सबै कोर्ष तयार हुँदै छन् ।