कीवर्डहरू -

विद्युतीय भुक्तानीको सीमा हटाउन चेम्बरको राष्ट्र बैंकलाई सुझाब 

विद्युतीय भुक्तानीको सीमा हटाउन चेम्बरको राष्ट्र बैंकलाई सुझाब 

नेपाल चेम्बर अफ कमर्सले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल ट्रान्जेक्सन’को सीमा खारेज गर्न नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ ।

नेपाल राष्ट्र बैंकले छिट्टै ल्याउन लागेको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने सुझाबहरु दिदै चेम्बर अफ कमर्सले विद्युतीय भुक्तानीमा राखिएको सीमालाई हटाउन भनेको हो ।

त्यस्तै, चेम्बरले बजेटबाट नव उद्यमी स्टार्टअप र इनोभेसन परियोजनाहरुको पुँजी व्यवस्थाका लागी १ प्रतिशत ब्याजदरमा २५ लाख सम्मको व्यवस्था र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि यस क्षेत्रमा खर्च गर्न सक्ने व्यवस्थालाई सफल कार्यान्वयनको लागि सरल सहज निर्देशिका आगामी मौद्रिक नीतिमा सम्बोधन गर्न भनेको छ।

त्यस्तै, पारदर्शी अर्थतन्त्रलाई बढाउन इकमर्सलाई प्रोत्साहन गरिनु पर्ने र सम्पुर्ण आयात निर्यात तथा भुक्तानी प्रक्रियामा इकमर्स लागु गर्न प्राथमिकता दिनु पर्ने सुझाव चेम्बरले प्रस्तुत गरेको छ ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले शुक्रबार नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट सुझावहरु प्रस्तुत गरेका थिए ।