कीवर्डहरू -

४० वटा विद्युतीय बस खरिदका लागि नौं कम्पनी इच्छुक

४० वटा विद्युतीय बस खरिदका लागि नौं कम्पनी इच्छुक

साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । साझाले  विद्युतीय बस खरिद गर्न गत चैत १३  गते ग्लोबल बोलपत्र आह्वान गरेको  थियो ।

नौ कम्पनीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेको साझाले जनाएको छ । साझाले काठमाडौँ उपत्यकामा चलाउन पहिलो चरणमा ४० वटा  विद्युतीय बस ल्याउन लागेको हो ।

शुक्रबार प्रस्ताव खोलिएको हो । एक महिनामा प्रस्तावको मूल्याङ्कन गरिसक्ने साझाले जनाएको छ ।

साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले भने, ‘प्रस्ताव खोलिएको छ, मूल्याङ्कन गर्न एक महिना लाग्छ । हाम्रो  लक्ष्य अबको दुई महिनामा सम्झौता गर्ने हो, सम्झौता भएको करिब छ महिनामा बस आउँछन् ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।