कीवर्डहरू -

डिजिटल नेपालको परिकल्पना गरेर १ लाख रकम जित्ने अवसर ! कसरी हुने सहभागी ?

माई सेकेण्ड टिचर - मेरो डिजिटल नेपाल ! मेरो परिकल्पना !!

डिजिटल नेपालको परिकल्पना गरेर १ लाख रकम जित्ने अवसर ! कसरी हुने सहभागी ?

लिभिङ विथ आइसिटीले नेपालमै पहिलो पटक डिजिटल नेपालको विषयमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना कार्यक्रममा १२ कक्षासँम्म अध्ययन गरिरहेका विद्यार्थीहरुले डिजिटल नेपालको बारेमा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन पठाउन सक्नेछन । उत्कृष्ट ७ ले रु २५ हजारदेखि १ लाखसम्मको पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस कार्यक्रममा माई सेकेण्ड टिचर को मुख्य स्पोन्सर रहेको छ भने एनआइसि एसिया र्बैंक बैकिङ पार्टनर, प्रभु पे पेमेन्ट पार्टनर, एसिसिए नलेज पार्टनर र फ्युज मेशिन्स प्रविधि पार्टनर रहेका छन ।

यसैगरी नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन आदिको सहयोग रहेको छ । उत्कृष्ट विद्यार्थीहरुको रचना तथा सोच आइसिटी समाचार डटकम मा समेत प्रकाशित हुनेछ ।

१. के हो ‘मेरो डिजिटल नेपाल १ मेरो परिकल्पना ११’ कार्यक्रम ?

पछिल्लो समय नेपालमा डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक गरेपश्चात् डिजिटल नेपालका विभिन्न अभियानहरू पनि सञ्चालनमा छन् ।

यो कार्यक्रम विद्यार्थीहरूले प्रविधिको क्षेत्रमा बुझेका, देखेका र अनुभव गरेका कुराहरूलाई डिजिटल नेपालसँग जोडेर भोलिको समृद्ध नेपाल कसरी बनाउन सकिएला भन्ने विषयमा लेख, रचना, कविता, भिडियो, एनिमेशन वा डकुमेन्ट्री बनाएर पठाउन सक्नेछन् ।

२. यस कार्यक्रममा को सहभागी हुन सक्छन् ?

नेपाललाई डिजिटल नेपालको रूपमा नयाँ पुस्ता अर्थात् विद्यार्थीले कस्तो परिकल्पना गर्नेछन् भन्ने सन्दर्भमा यो कार्यक्रम सञ्चालन भइहरको छ ।

कक्षा १२ सम्मका विद्यालय स्तरका विद्यार्र्थीहरू वा १९ वर्ष पूरा नभएका व्यक्तिहरूले यसमा भाग लिन सक्नेछन् ।

\"\"

३. कुन विधामा कसरी सहभागिता जनाउने ?

यस कार्यक्रममा सहभागिता जनाउनका लागि विद्यार्थीले निबन्ध, लेख, कविता, भिडियो एनिमेशनमध्ये कुनै एक तयार पारी पठाउन सक्नेछन् ।

निबन्ध वा लेख कम्तीमा १ हजार शब्दको हुनुपर्नेछ भने भिडियो एनिमेशन बढीमा ५ मिनेटसम्मको हुन सक्नेछ ।

४. कसरी हुनेछ छनौट ?

यस प्रतियोगिताको छनौटको लागि कम्तीमा ७ जनाको विशिष्ट छनौट तथा मूल्यांकन समिति रहनेछ । नेपाल सरकार, उद्योग वाणिज्य महासंघ, क्यान महासंघसँगै अन्य क्षेत्रका प्रतिनिधि र विज्ञहरूको छनौट समितिले विभिन्न चरणमा छनौट गर्नेछ र आवश्यक परेमा भर्चुअल प्रस्तुतिको लागि प्रतिस्पर्धीलाई निम्त्याइनेछ ।

४. पुरस्कारहरू के के छन् ?

सर्वोत्कृष्टलाई १ लाख नगद रुपैयाँ पुरस्कार राखिएको छ भने दोश्रो हुने दुई जनालाई जनही ५० हजार र तेस्रो हुने चार जनालाई जनही रू. २५ हजार नगद पुरस्कार दिइनेछ । यसबाहेक पनि विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक केही अफरहरू प्राप्त गर्नुहुनेछ ।

६. कसरी बुझाउने त आफ्नो सोच तथा परिकल्पना ?

हाम्रो आधिकारिक वेबसाइट माई डिजिटल नेपाल डट ओआरजी [email protected] मा गएर सबमिट माई क्रिएटिभिटी भन्ने मेनुमा क्लिक गरी साधारण फारम भरेर आफ्ना रचना, सोच तथा परिकल्पना एट्याच गरी हामीलाई पठाउन सक्नुहुनेछ । इमेल भखभलत२ष्खिष्लनधष्तजष्अत।अयm बाट पनि सोझै हामीलाई पठाउन सक्नुहुनेछ ।

हेर्नुहोस प्रोमो :