कीवर्डहरू -

सफ्टवेयर इन्जिनियरिङका नीति बारे कार्यक्रम आयोजना गर्दै टेक वेबिनार

सफ्टवेयर इन्जिनियरिङका नीति बारे कार्यक्रम आयोजना गर्दै टेक वेबिनार

टेक वेबिनार नेपालले गूगलमा सफ्टवेयर इन्जिनियरिङ: प्रोग्रामिङका लागि शिक्षा भन्ने विषयमा एकतीसौँ श्रृङ्खला आयोजना गर्ने भएको छ । यो कार्यक्रम आगामी २५ जुलाई आइतबार  आयोजना गरिने छ ।

यो कार्यक्रममा वक्ताको रुपमा गूगलका वरिष्ठ सफ्टवेयर इन्जिनियर टाईटस विन्टर्स रहनेछन् । उनी गूगलमा विगत दश वर्ष देखि काम गर्दै आएका छन् ।

उनी गूगलको सि प्लस प्लस कोडबेसका लाइब्ररी निर्देशक पनि हुन् । विगत दश वर्ष देखि टाईटस र उनको टिमले नविन स्वायत्त उपकरणहरु प्रयोग गरेर गूगलको सि प्लस प्लस कोडबेसलाई व्यवस्थापन र सुधार गरिरहेका छन् ।

उनले गूगलमा हुँदा सफ्टवेयरलाई कसरी दिगो समय सम्म चलाउन सिकेको कुरा बताउनेछन् । कोडबेस सञ्चालन गर्दा आएको समस्या र अनुभवहरुको सारांश पनि उनले बताउने भएका छन् ।

उनले विशेष गरी सफ्टवेयर इन्जिनियरिङका नीतिहरुको बारेमा छलफल गर्नेछन् । वेबिनारमा सहभागी हुन् यहाँ क्लिक गर्नुहोस् ।