कीवर्डहरू -

टिकटकको एआई अब अरु कम्पनीले खरिद गर्न सक्ने

टिकटकको एआई अब अरु कम्पनीले खरिद गर्न सक्ने

टिकटकको एआई अब अरु कम्पनीले पनि खरिद गर्न पाउने भएका छन् । टिकटकको एआई कम्पनीलाई खरिदका लागि खुल्ला गरिएको छ ।

द फाइनान्सियल टाइम्सका अनुसार बाइटडान्सले बाइटडान्स डिभिजन बाइटप्लस सार्वजनिक गरेको छ जसले टिकटक प्रविधि विक्री गर्ने गर्दछ । यसमा एल्गोरिदम पनि हुनेछ ।

ग्राहकहरुले कम्प्यूटर भिजन टेक, वास्तविक समयमा ईफेक्ट र स्वायत्त अनुवाद जस्ता फिचरहरु पनि किन्न सक्छन् । बाइटप्लसको प्रमुख कम्पनी सिंगापुर रहेको छ र अरु कम्पनी हङकङ र लण्डनमा रहेका  छन् ।

कम्पनीले अमेरिकामा पनि ट्रेडमार्क दर्ता गराउने प्रयास गरिरहेको छ । बाइटप्लसका अहिलेनै केही ग्राहकहरु भइसकेका छन् । अमेरिकाको फेशन एप गोटले अहिलेनै बाइटप्लस कोड प्रयोग गर्न थालिसकेको छ ।

त्यस्तै इन्डोनेसियाको ई–कमर्स कम्पनी चिलीबेली र ट्राभल साईट विगोले पनि बाइटप्लस कोड प्रयोग गरिरहेका छन् । बाईटडान्सले यसको बारेमा केही पनि कुरा गरेको छैन् ।