कीवर्डहरू -

म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख बढी रकम निकाल्ने २ जना पक्राउ

म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख बढी रकम निकाल्ने २ जना पक्राउ

काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ निकाल्ने २ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने जगतबहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल बस्ने सावित्री गुरुङ रहेका छन् ।

उनीहरूले म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको चाबहिल, कालोपुल, हात्तीसार भाटभटेनी इलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको र निकालेको रकम मध्ये १० लाख ५० हजार सहकारीमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट LLOYDS VISS Debit Card र २१ लाख रुपैयाँ बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।