कीवर्डहरू -

नयाँ गोपनीयता नीति स्वीकृत भएमा हङकङमा फेसबुक, गूगल र ट्वीटरले सेवा बन्द गर्ने 

नयाँ गोपनीयता नीति स्वीकृत भएमा हङकङमा फेसबुक, गूगल र ट्वीटरले सेवा बन्द गर्ने 

हङकङले गोपनीयता नीति परिवर्तन गर्ने भनेपछि फेसबुक, गूगल र ट्वीटरले त्यहाँ आफ्नो सेवा नदिने धम्की दिएका छन् । पहिले पनि टेक कम्पनीहरुले हङकङ सरकारसँग तनावमै काम गरिरहेका थिए र यो नयाँ गोपनीयता नीतिले दुई पक्ष बिच झनै तनाव बढेको छ ।

द वाल स्ट्रीट जर्नलले डेटा प्रोटेक्सन कानून लागु गरेमा हङकङमा यी तीन कम्पनीहरुले आफ्नो सेवा नदिने बताएका छ । यो कानूनले गर्दा कुनै प्रयोगकर्ताले आफ्नो निजी जानकारी अनलाइनमा झुक्किएर सेयर गरेमा पनि सामाजिक सञ्जालका कर्मचारीहरुले अपराधिक अनुसन्धानको सामना वा कानूनी आरोप लाग्न सक्ने कुराले टेक कम्पनीहरु चिन्तित रहेको देखिन्छ ।

यस कानूनले बोल्ने स्वतन्त्रतालाई हटाउन सक्ने कम्पनीहरुको भनाइ छ । तर हङकङ सरकारले यो कानून देशका लागि एकदमै महत्वपूर्ण रहेको र यसले बोल्ने स्वतन्त्रतालाई कुनै फरक नपार्ने बताएको छ । यो कानून चालु वर्षको अन्त्यमा स्वीकृत हुन सक्नेछ ।