कीवर्डहरू -

कासेयामाथि र्‍यानसमवेयर आक्रमण गर्ने ह्याकरले मागे ७० मिलियन डलर

कासेयामाथि र्‍यानसमवेयर आक्रमण गर्ने ह्याकरले मागे ७० मिलियन डलर

अमेरिकी कम्पनी कासेयामाथि र्‍यान्समवेयर आक्रमण गरेका ह्याकरले ७० मिलियन डलर माग गरेका छन् । ह्याक भएका डेटालाई डिक्रिप्ट गर्न ह्याकरले ७० मिलियन डलर पैसा बिटकोइनमा तिर्न माग गरेका हुन् ।

यो आक्रमणमा १ मिलियन कम्प्यूटरहरु संक्रमित भएका छन् । द फाइनान्सियल टाइम्स र वाल स्ट्रीट जर्नलका रिपोर्ट अनुसार आइटी व्यवस्थापन सफ्टवेयर जायन्ट कासेयाको माथि र्‍यान्समवेयर आक्रमण भएको छ ।

ह्याकले भिएसए रिमोट मेन्टेनेन्स टूलमा असर पारेको पाइएको छ । यो रुसको रेभिल ग्रुपले गरेको आक्रमण हो ।रेभिलले पहिले पनि थुप्रै यस्तो आक्रमण साइबर आक्रमण गरेको रिपोर्ट रहेको छ ।

कम्पनीले सूरुमा ४० जना भन्दा कम ग्राहकलाई यस ह्याकले असर गरेको दावी गरेको थियो तर हन्ट्रेसको अनुसार यसले करिब २०० जना जति मान्छेलाई असर पारेको छ ।

यसले करिब आठ ओटा क्लाउड सेवाहरुलाई असर पारेको छ जसले गर्दा अझै धेरै फर्महरुमा यो ह्याकले असर पारेको अनुमान लगाउन सकिन्छ । कासेयाले सुरक्षा समस्या भेटाएको र त्यसको समाधानमा काम गरिरहेको बताएको छ ।

तर पनि अहिले केही दिन कम्पनीले ग्राहकहरुलाई भिएसए सर्भर बन्द गर्नका लागि भनेका छ र अपडेट इन्स्टल नगरेसम्म अफलाइननै राख्न भनेको छ ।

हन्ट्रेस ल्याबले यो आक्रमण पछि कासेयासँग सहकार्य गरेर काम गरिरहेको छ । यसले १ हजार व्यवसायहरुलाई असर गरेको पाइएको छ ।