कीवर्डहरू -

गैर-प्राविधिकका लागि किन आवश्यक छ फ्युजमेसिनको एआई वर्कशप ? (भिडिओ)

गैर-प्राविधिकका लागि किन आवश्यक छ फ्युजमेसिनको एआई वर्कशप ? (भिडिओ)

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा काम गरिरहेको संस्था फ्यूजमेशिन इंकले एआईटूगो वर्कशप आयोजना गर्ने घोषणा गरेको छ ।

फ्यूजमेसिनले नेपालका गैर–प्राविधिक व्यक्तिहरुलाई लक्षित गरी एआई प्रशिक्षण कार्यक्रम ल्याएको हो । एआई शिक्षा अन्तर्गत विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको कम्पनीले सबैलाई एआइको महत्व र आवश्यक्ता दर्शाउन पनि यो कार्यक्रम सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ ।

गैर–प्राविधिक व्यक्तिहरुका लागि एआई वर्कशप सम्भवत नेपालकै पहिलो प्रशिक्षण पनि हो । यसमा सूचना प्रविधि सम्बन्धि प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मीहरुका साथै एआई सम्बन्धि पुष्ठभूमि नभएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् ।

अगष्ट २ देखि सञ्चालन हुने वर्कशप कार्यालयको समय पश्चात बेलुकी ६ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ ।फ्युजमेसिनको एआईटुगो वर्कशप चार हप्ता सञ्चालन हुनेछ, जसले कम्प्यूटर विज्ञान र प्रविधिको बारेमा न्यूनतम वा सिमित जानकारी हुनेलाई सहयोग पुर्‍याउनेछ ।

यस तालिम कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन सत्रहरु समावेश गरिएको छ । यस कार्यक्रममा एआइ, मेसिन लर्निङ (एमएल) को बारेमा आधारभूत कुराहरुको छलफल गरिनेछ । यस कोर्सलाई डेक्स्टप र मोबाइलबाट पहुँच पाउन सकिने छ ।

कार्यक्रम चलिरहेको समयमा सहभागीहरुले थप पठनपाठन सामाग्रीको पनि पहुँच पाउन सक्नेछन् । अहिलेसम्म कम्प्यूटर विज्ञान र प्रविधिका विद्यार्थीहरुलाई केन्द्रीत गरेर कार्यक्रमहरु हुँदै आएका र अब एआईले गैरप्राविधिक मान्छेहरुको जीवनमा पनि उत्तिकै प्रभाव पार्ने भएकाले यस पटक गैर–प्राविधिक सहभागीहरुलाई प्राथमिकता दिइएको छ ।

\"\"

यसले देशभरनै एआईको महत्वको बारेमा सचेत गराउनका लागि सहयोग गर्ने फ्युजमेसिन्सका संस्थापक डा. समिर मास्केले जानकारी दिए ।

यो वर्कशपको अन्त्यसम्ममा सहभागीहरुले मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स, डिप लर्निङ, क्लासिफिकेसन, रिग्रेसन, कम्प्यूटर भिजन, न्याचुरल लैंग्वेज प्रोसेसिङ्, डेटासेट तथा एआई मोडेलको बनावट र एम.एल.मोडेल निर्माणका लागि आवश्यक पर्ने पाइथन सम्बन्धि कार्यमूलक आधारभूत जानकारी प्राप्त गर्नेछन् ।

अहिलेको डिजिटल युगमा यी विषयहरुको बारेमा जानकारी हुन आवश्यक भएकाले यो वर्कशप एकदमै सहयोगी हुने कम्पनीले बताएको छ ।

फ्यूजमेशिनका वरिष्ठ एआई अनुसन्धानकर्ता बुलान्त उयानाइकरले एआई प्रतिको बढ्दो सचेतनता र डिजिटल रुपान्तरणको युगमा प्रवेश गर्न यस संबन्धित ज्ञान र अनुभव भएका सक्षम व्यक्तिहरुको अभाव रहेको बताए ।

‘एकातिर हामीले एआईटूगो जस्ता महत्वपुर्ण प्रकृतिका तालिमहरुको माध्यमबाट एआई सम्बन्धि ज्ञानको पहुँच बृद्धि गर्न प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘नेपालका पेशागत समुदायलाई सीप अभिवृद्धि गर्न र त्यसको उपयोग गर्न वा एआई केन्द्रीत नयाँ पेशामा प्रवेश गर्ने अवसरको पनि ढोका खोलिदिएका छौं ।’

फ्युजमेसिनका अनुसार वर्कशपको लक्ष्य भनेको सहभागीहरुलाई एआई र एमएलको प्रयोगको बारेमा सिर्जनात्मक रुपमा सोच्न प्रोत्साहित गर्नु हो ।

वर्कशपमा कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा फ्यूजमेसिनको प्रमुख कार्यकारी अधिकृत र संस्थापक डा. समीर मास्के र पिएचडी डा. ब्युलेन्ट युएनीकरले सेसन सञ्चालन गर्नेछन् ।

वर्कशपहरुमा गेस्ट लेक्चरका लागि अमेरिकाका एआई क्षेत्रका उल्लेखनीय विज्ञ, कम्प्युटर वैज्ञानिकहरु तथा प्रशिक्षकहरुले गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोगामिङ संबन्धी प्रयोगात्मक कक्षाहरु पनि संचालन गरिनेछ ।

फ्यूजमेशिनका सीईओ समीर मास्केले देशका हरेक भागमा बस्ने व्यक्तिहरुका लागि उच्च गुणस्तरको एआई शिक्षा उपलब्ध गराउन दुई वर्ष अघिदेखि ‘नेपालका लागि एआई शिक्षा कार्यक्रम’ संचालन गरेको बताए ।

‘एकातिर हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौं विद्यार्थीहरुलाई निरन्तर एआईको तालिम दिदै आएका छौ,’ मास्के भन्छन्, ‘नेपालका अप्राविधिक पेशाकर्मीहरुले पनि देखाएको चासोबाट हामी विशेष उत्साहित भएका छौँ ।’

नेपालमा एआईमाथि सर्वसाधारणको पहुँच पुर्‍याउन अप्राविधिक क्षेत्रका पेशाकर्मीहरुलाई पनि यस्ता तालिम आयोजना गर्नेपर्ने जोड दिए । त्यसपछि मात्र नेपालमा एआई शिक्षा र पेशागत अवसरका दुबै क्षेत्रलाई सम्बृद्ध बनाउन सही रुपमा सफलता प्राप्त गर्न सक्ने मास्केको भनाइ छ ।

एआईटूगो तालिम संचालन गर्नु अघि फ्यूजमेशिनले नेपालका लागि एआई शिक्षा, एआई–फाउन्डेसन, माइक्रोडिग्री लगायत कार्यक्रम विभिन्न शैक्षिक संस्थाहरुसँगको रणनीतिक साझेदारीमा संचालन गरेको थियो ।

एआईटूगो वर्कशप बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । सुरुमा सहभागि हुनेहरुको लागि कम्पनीले ३० प्रतिशत छुट समेत उपलब्ध गराएको छ ।

के हो एआई शिक्षा ?

फ्यूजमेसिनले शैक्षिक क्षेत्रलाई पनि एकदमै प्राथमिकता दिएको छ । जस कारण कम्पनीले फाउण्डेसन इन एआई र माइक्रोडिग्री कम्पनीसँग सहकार्य गरेर नेपालमा एआई शिक्षा प्रोजेक्ट ल्याएको छ ।

कम्पनीले शिक्षा र उद्यम बिचको दूरी कम गर्नका लागि एकदमै काम गरिरहेको छ । फ्यूजमेसिनले दुई वर्ष अघि एआई एक्सपोमा एआई शिक्षाको प्रोजेक्ट सार्वजनिक गरेको थियो । गुणस्तरीय एआई शिक्षा देशभर प्रदान गर्ने कम्पनीको लक्ष्य छ ।

\"\"

यस परियोजना अन्तरगत फ्यूजमेसिनले हजारौँ विद्यार्थीहरुलाई एआई र एआई भित्रका विभिन्न विषयहरुको बारेमा शिक्षा दिईरहेको छ । फ्यूजमेसिनले  एकेडेमिया र उद्योग बिचको दूरी कम गर्न जोड दिइरहेको छ ।