कीवर्डहरू -

भिडियो आवेदन दिने फिचरको परिक्षण गर्दै टिकटक

भिडियो आवेदन दिने फिचरको परिक्षण गर्दै टिकटक

टिकटकले अमेरिकाका प्रयोगकर्तालाई रोजगारीका लागि भिडियो आवेदन बनाउन दिने फिचरको परीक्षण गरिरहेको छ ।

कम्पनीले पाइलट प्रोग्रामका अन्तर्गत इन्ट्री लेभल, सहयोगी र वरिष्ठ स्तरको कामका लागि ह्यासट्याग टिकटक रिज्यूमे भनेर रोजगारी खोज्नका निम्ति भिडियो बनाउन दिनेछ ।

यो पाईलट प्रोग्राममा करिब तीन दर्जन कम्पनीहरु सहभागी भएका छन् । उनीहरुले के काम दिईरहेको भनेर पनि बताएका हुन्छन् । यसमा सपिफाई, टारगेट र डेट्रोइड पिस्टन जस्ता नाम चलेको अमेरिकी कम्पनीहरु पनि रहेका छन् ।

अहिले पोस्ट गरिएको पहिलो सेटका लागि रोजगार खोजिरहेको प्रयोगकर्ताहरुले जुलाई ३१ सम्ममा निवेदन गरिसक्नुपर्ने हुन्छ । यसले प्रयोगकर्ताहरुलाई अझ धेरै फाइदा पुर्‍याउन सक्ने टिकटकको विश्वास रहेको छ ।