कीवर्डहरू -

गूगल क्यालेण्डरमा सार्वजनिक भयो आरएसभिपी फिचर

गूगल क्यालेण्डरमा सार्वजनिक भयो आरएसभिपी फिचर

गूगल क्यालेण्डरको इन्भाइटले अब प्रयोगकर्ताहरुले भर्चुअल माध्यबाटै कार्यक्रमहरुमा सहभागी हुन पाउने भएका छन् ।

कोभिडको खोप उपलब्ध भएपछि व्यवसाय र अफिसहरुले हप्ताको कुनैकुनै दिन कर्मचारीहरुलाई कार्यालयमै बोलाएर काम गराउन थालेका छन् तर सबै कर्मचारीको समय एकैसाथ नहुने हुँदा बैठकहरु आयोजना गर्न समस्या हुने गर्दछ ।

त्यही कारणले गूगलले गूगल क्यालेण्डरको आरएसभिपी फिचरलाई अपडेट गरेको छ जसले गर्दा सजिलै हाइब्रिड तरीकाले पनि काम गर्न सकिन्छ ।

यो आरएसभिपी फिचरले क्यालेण्डरको निमन्त्रणा आएपछि त्यसमा थिचेमा ड्रप डाउन मेन्यु आउने गर्दछ जसले तपाई भर्चुअल माध्यबाट बैठकमा सहभागी हुनुहुन्छ की भौतिक रुपमै भनेर प्रश्न गर्ने गर्दछ ।

त्यसपछि बैठक आयोजक र सहभागी सबैले प्रयोगकर्ता मिटिङमा कसरी आउँछन् भनेर हेर्न सक्छन् । यो फिचर जीमेल इन्भाईटमा चाँडैनै आउँने गूगलले बताएको छ ।