कीवर्डहरू -

कृषि विकास बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

कृषि विकास बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

कृषि विकास बैंकले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि बैंकले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

योसँगै अब ग्राहकले अनलाइनबाटै डिम्याट खाता, मेरो सेयर खाता, सीआरएन नम्बर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम कार्डका लागि निवेदन दिन सक्नेछन् ।

बैंकमा खाता नभएका ग्राहकहरुले देश तथा विदेशबाट पनि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो सेवा २४ सै घण्टा उपलब्ध रहेको छ ।

यो सेवा ग्राहकले यहाँ क्लिक गरी लिन सक्ने छन् । एकै निवेदनबाट बैंकका धेरै सेवा लिन सकिने व्यवस्था गर्ने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो बनेको छ ।