कीवर्डहरू -

३६ करोड पुरस्कार राशीको पब्जी प्रतियोगिता हुँदै, नेपालबाट डीआरएस गेमिङले प्रतिस्पर्धा गर्ने

३६ करोड पुरस्कार राशीको पब्जी प्रतियोगिता हुँदै, नेपालबाट डीआरएस गेमिङले प्रतिस्पर्धा गर्ने

पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनल २०२१ आयोजना हुने भएको छ । आगामी जुलाई २२ देखि २५ सम्म पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनल २०२१ प्रतियोगिता आयोजना हुने भएको हो ।

पब्जीको यो प्रतियोगिताको पुरस्कार राशी ३ मिलियन अमेरिकी डलर अर्थात आजको विनिमयदर अनुसार ३५ करोड ७२ लाख ८४ हजार ७ सय नेपाली रूपैयाँ रहेको छ ।

यस प्रतियोगिताको पावर्ड बाई पार्टनरमा गेमर्स विथ आउट बोचर्स, स्मार्टफोन पार्टनरमा वानप्लस र मिडिया पार्टनरमा निमो टिभी रहेका छन् । टेन्सेन्टले यस प्रतियोगिताको बारे थप जानकारी दिएको छैन् ।

यस प्रतियोगितमा विभिन्न देशका १६ वटा टिम सहभागी हुनेछन् । जसमा नेपालका तर्फबाट द रियल सोल्जर्स (डीआरएस) सहभागी हुनेछ ।

\"\"