कीवर्डहरू -

ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले माग्यो २० जना कलाकार

ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले माग्यो २० जना कलाकार

ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले २० जना कलाकार मागेको छ । कम्पनीले शिक्षक र विद्यार्थी क्यारेक्टरका लागि पुरूष र महिला गरी २० जना नेपाली कलाकार माग गरेको हो ।

माइ सेकेण्ड टिचरले शिक्षक क्यारेक्टरका लागि १० जना र विद्यार्थी क्यारेक्टरका लागि १० जना कलाकार आवश्यक भएको जनाएको छ । छनोट भएकालाई व्यक्तिको दक्षता अनुसार नेपाली र अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गर्ने अवसर दिइनेछ ।

शिक्षक क्यारेक्टरका लागि २५ देखि ४५ वर्षसम्मका महिला र पुरूष दुबैले आवेदन दिन सक्नेछन् । जसका लागि नेपाली अंग्रेजी दुबै राम्रो हुनुपर्नेछ ।

त्यस्तै विद्यार्थी क्यारेक्टरका लागि २५ वर्षदेखि ४५ वर्षसम्मका महिला र पुरूष दुबैले आवेदन दिन सक्ने छन् । जसका लागि पनि नेपाली, अंग्रेजी दुबै राम्रो हुनुपर्नेछ ।

इच्छुक व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन र यसबारे थप जानकारी लिन सक्नेछन् । माइ सेकेण्ड टिचर नेपालमा विकास भएको ई-लर्निङ प्लेटफर्म हो । हाल यो नेपालसहित विश्वका २० देशमा सञ्चालन भइरहेको छ ।