कीवर्डहरू -

अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा मिनी एलईडी डिस्प्ले आउने

अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा मिनी एलईडी डिस्प्ले आउने

मिनी एलईडी डिस्प्ले अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा आउने भएको छ । एप्पलले यो वर्ष १२.९ इन्चको मोडेलमा एलईडी प्रविधिलाई परिचित गराएको थियो र सन् २०२२ मा यो ११ इन्चको आईप्याड प्रोमा आउने विश्लेषक मिङ चि कुओले बताएका छन् ।

एप्पलले यो वर्ष ११ इन्च र १२.९ इन्चको आईप्याड प्रो मोडेल सार्वजनिक गरेको छ र दुवैमा एमवान प्रोसेसर प्रयोग गरिएको छ । एलईडी डिस्प्लेले डिमिङ जोन बनाईदिने गर्दछ जसले राम्रो कन्ट्रास्ट र एचडीआर परफोरमेन्स दिने गर्दछ ।

१२.९ इन्चको मोडेलमा २,५०० ओटा डिमिङ जोन रहेका छन् । एप्पलले मिनी एलईडी स्क्रीन म्याकमा पनि ल्याउने योजना बनाएको छ ।