कीवर्डहरू -

सामसङले वेबमा सार्वजनिक गर्‍यो टिभी प्लस स्ट्रिमिङ सेवा

सामसङले वेबमा सार्वजनिक गर्‍यो टिभी प्लस स्ट्रिमिङ सेवा

सामसङले वेबमा टिभी प्लस स्ट्रिमिङ सेवा सार्वजनिक गरेको छ । यो लाइभ र लिनियर प्रोग्रामिङका लागि स्मार्ट निःशुल्क र विज्ञापन भएको स्ट्रीमिङ सेवा हो ।

यो क्रोमकास्ट डिभाइसमा प्रयोग गर्न सकिन्छ । यो स्ट्रीमिङ सेवा पहिले सामसङ टिभी र मोबाइल डिभाइसका लागि मात्रै उपलब्ध रहेको थियो ।

अब यो वेब सेवाको रुपमा सार्वजनिक भएको छ । अब यो सामसङ प्रयोगकर्तासँगै अरु प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । यो सेवा सामसङमा सन् २०१६ देखिनै उपलब्ध रहेको छ ।

अब यसले पिकक, रोकु च्यानेल जस्ता विज्ञापन भएको स्ट्रीमिङ सेवासँग प्रतिस्पर्धा गर्ने देखिन्छ । धेरै प्रयोगकर्तालाई पहुँच पाउनका लागि कम्पनीले यो सेवा सार्वजनिक गरेको पाइएको छ ।