कीवर्डहरू -

क्लाउड साइबर सुरक्षा कम्पनी रिस्क आईक्यू खरिद गर्दै माइक्रोसफ्ट

क्लाउड साइबर सुरक्षा कम्पनी रिस्क आईक्यू खरिद गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले रिस्क आईक्यू नामक क्लाउड साइबर सुरक्षा कम्पनी किन्ने भएको छ । यो कम्पनीले फेसबुक र यूएस पोर्टल सेवासँग काम गरेर अनलाइन आक्रमणका लागि कहाँ कहाँ कमजोरी छ भनेर पत्ता लगाउने गर्दछ ।

ब्लुमबर्गका अनुसार माइक्रोसफ्टले ५०० मिलियन डलरमा रिस्क आईक्यु खरिद गर्नेछ । रिस्क आईक्यूले हरेक वर्ष ६० सेकेण्ड या त्यो भन्दा कम समयमा कति खराब गतिविधि हुन्छ भनेर एभिल इन्टरनेट मिनेट वार्षिक रिपोर्ट प्रकाशन गर्ने गर्दछ ।

गतवर्ष भएको सोलार विन्डको डेटा ब्रिच पछि माइक्रोसफ्टले आफ्नो सुरक्षा अवस्था बढाउन थुपै कम्पनीहरु अधिग्रहण गरिरहेको छ ।

गत महिनानै माइक्रोसफ्टले रिफर्म ल्याब नामक कम्पनी खरिद गरेको थियो । कासेया आक्रमण पछि पनि धेरै कम्पनीहरु आफ्नो सुरक्षा स्तर बढाउन लागिपरेका छन् ।