कीवर्डहरू -

अन्तर्राष्ट्रिय कलमा स्मार्ट टेलिकमको ३० प्रतिशतसम्म छुट

अन्तर्राष्ट्रिय कलमा स्मार्ट टेलिकमको ३० प्रतिशतसम्म छुट

स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । प्रयोगकर्ताले विश्वभर सस्तो दरमा कल गरून भन्ने उदेश्यले ३० प्रतिशतसम्म छुटको योजना ल्याएको स्मार्टले जनाएको छ ।

स्मार्ट टेलिकमका प्रयोगकर्ताले भारत, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत, जापान तथा युएसए, क्यानडा, भुटान श्रीलंका, फ्लिपिन्स, सिंगापुर, बंगलादेश, न्युजल्याण्ड, थाइल्यान्ड, भियतनाम र म्यानमारमा सस्तो दरमा कुरा गर्न सक्ने छन् ।

स्मार्टका अनुसार कुरा गर्दा प्रतिमिनेट भारतमा २.८९ रूपैयाँ, चीनमा ३.९९ रूपैयाँ, दक्षिण कोरियामा ४.९९ रूपैयाँ, अमेरिका र क्याण्डामा १.९९ रूपैयाँ, बंगलादेशमा ३.९९ रूपैयाँ, अष्ट्रेलियामा ५.९९ रूपैयाँ, जापान र बेलायतमा ४.९९ रूपैयाँ शुल्क लाग्ने छ ।

त्यस्तै भुटानमा ७ रूपैयाँ, श्रीलंका र फ्लिपिन्समा १५ रूपैयाँ, सिंगापुरमा ४ रूपैयाँ, न्युजिल्याण्ड ६ रूपैयाँ, थाइल्याण्डमा ८ रूपैयाँ, भियतनाममा ७ रूपैयाँ र म्यानमारमा २० रूपैयाँ लाग्ने छ । यो अफर प्रयोग गर्नको लागि *१४१*८*१*१# डायल गर्नुपर्नेछ ।