कीवर्डहरू -

इन्स्टाग्राममा अब नयाँ सुविधा, जसले गर्नेछ अकाउन्ट सुरक्षित राख्न मद्दत

इन्स्टाग्राममा अब नयाँ सुविधा, जसले गर्नेछ अकाउन्ट सुरक्षित राख्न मद्दत

इन्स्टाग्रामले सेक्युरिटी चेकअप नामक नयाँ फिचर ल्याएको  छ । यसले ह्याक भएपछि पनि इन्स्टाग्राम अकाउन्टलाई सुरक्षित राख्न मद्दत पुर्‍याउने छ ।

बेलाबेला साइबर सुरक्षाको समस्या आईरहने हुँदा इन्स्टाग्रामले आफ्नो प्रयोगकर्तालाई अकाउन्ट सुरक्षित गर्न सेक्युरिटी चेकअप टुल ल्याएको जनाएको छ ।

सेक्युरिटी चेकअप टूलले हालमा लगइन गरेको जानकारी, प्रोफाइलको विवरण रिभ्यू गर्न दिने सम्पर्क जानकारीलाई अपडेट गर्न दिनेछ ।

यसले टू फ्याक्टर अथेन्टिकेसनको सुझाव भने दिने छैन् तर यो फिचरलाई इन्स्टाग्रामले प्रयोगकर्ताहरुलाई अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गर्नेछ ।

कम्पनीले केही हप्ता पछि ह्वाट्सएप नम्बर प्रयोग गरेर अकाउन्ट अथेन्टिकेट गर्न दिनेछ । यो फिचर इन्स्टाग्रामको एसएमएस अथेन्टिकसेन फिचर जस्तै रहेको छ ।

त्यसपछि आफ्नो अकाउन्टमा लगइन गर्दा ह्वाट्सएपमा पठाइएको ६ डिजिटको कोड हाल्नुपर्ने हुन्छ । यसले नराम्रो गतिविधिलाई केही हदसम्म रोक्ने कम्पनीको विश्वास रहेको छ ।