कीवर्डहरू -

रुसको र्‍यान्समवेयर  समूह ‘रेभिल’ इन्टरनेटबाट गायब

रुसको र्‍यान्समवेयर  समूह ‘रेभिल’ इन्टरनेटबाट गायब

रुसको र्‍यान्समवेयर समूह ‘रेभिल’ इन्टरनेटबाट गायब भएको छ । अहिलेसम्म थुपै ठूला ठूला साइबर आक्रमणहरुमा यो समूह संलग्न रहेको छ ।

सिएनबीसी, रोयटर्स र द वासिङटन पोस्टका अनुसार रेभिलले चलाइरहेको वेवसाईट गत मङ्गलबार देखि चलिरहेको छैन् ।

साइबर फर्म क्राउडस्ट्राइकले भने रेभिलको डार्क वेब ब्लगमा अझै पनि पहुँच गर्न मिलिरहेको कुरन द पोस्टलाई बताएको छ ।

यही साईटबाट आक्रमण भएका व्यक्तिहरुले पैसाको बार्गेनिङ गर्ने र पैसा तिर्नका लागि डिक्रिप्सन टूल प्रयोग गर्ने गर्दथे ।

अब त्यो वेबसाइटमा जाँदा तोकिएको होस्टको नाममा कुनै सर्भर नरहेको भनेर नोटिफिकेसन आउने गर्दछ ।

रेभिलको हालको र्‍यान्समवेयर आक्रमणले करिब ८ सय देखि १५ सय व्यवसायहरुलाई असर पारेको थियो र डेटा रिस्टोर गर्नका लागि ७० मिलियन डलर मागेको थियो ।

रोयटर्सको अनुसार धेरै मान्छेबाट आकर्षण पाएपछि र्‍यान्समवेयर समूहहरुले रिब्राण्ड गरेर अर्काे नामले आउने गर्छन् । यो पनि त्यही भएको हुनसक्ने अनुमान रोयटर्सको रहेको छ ।