कीवर्डहरू -

यी हुन् २५ हजारसम्मका उत्कृष्ट स्मार्टफोन 

यी हुन् २५ हजारसम्मका उत्कृष्ट स्मार्टफोन 

बजारमा धेरै प्रकारका स्मार्ट मोबाइल उपलब्ध छन् । मूल्यका आधारमा हेर्ने हो भने पनि सस्तोदेखि महंगो फोन पाइन्छन् ।

तर, नेपाली बजारमा २५ हजार रेन्जसम्मका मोबाइलहरु धेरै बिक्री भएको व्यवसायीहरु बताउँछन् । त्यसैले आज हामीले नेपालमा २५ हजार रुपैयाँसम्मका उत्कृष्ट स्मार्ट फोन कुन कुन छन् भनेर चर्चा गर्दै छौं ।

सामसङ

ग्यालेक्सी एम १२

\"\"

सामसङको ६ हजार एमएएच ब्याट्री भएको फोन हो ग्यालेक्सी एम १२ । एम १२ मा ९० हर्ज रिफ्रेस रेट, ८ एनएम एक्सेनस प्रोसेसर भएको यस मोबाइलमा १५ वाटको फास्ट चार्जिङ र ६.५ इन्चको डिस्प्ले सुविधा रहेको छ ।

फोनमा क्वाड क्यामेरा छ । जसमा ४८ मेगा पिक्सलको वाइड एंगल, ५ मेगा पिक्सलको क्लोज अप, २ मेगापिक्सलको म्याक्रो, २ मेगापिक्सलको डेप्थ क्यामरा र ८ मेगापिक्सलको सेल्फी क्यामरा जडान गरिएको छ ।

कालो, नीलो र सेतो रङमा उपलब्ध यस फोनमा ४ जीबी र्याम र ६४ जीबी रोमको १८ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी ६ जीबी र्याम र १२८ रोमको २२ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी एम ३२

\"\"

६.४ इन्च इन्फिनिटी यु एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको ग्यालेक्सी एम ३२ मा ६ हजार एमएएच ब्याट्री रहेको छ ।

९० हर्ज रिफ्रेस रेट भएको फोनमा क्वाड रियर क्यामेरा राखिएको छ । जसमा ६४ मेगापिक्सेल मुख्य सेन्सर, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, २ मेगापिक्सेल म्याक्रो सेन्टर र २ मेगापिक्सेल डेप्थ फिल्ड सेन्सर छन् ।

यसमा २० मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ । एम ३२ मा ३० एफपीएसमा १०८० पीमा भिडियो खिच्न सकिन्छ । फोनमा मिडिया टेकको हिलोयो जी ८० प्रोसेसर प्रयोग गरिएको छ ।

४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको ग्यालेक्सी एम ३२ को मूल्य २४ हजार ९९९ रूपैयाँ तोकिएको छ । त्यस्तै ६ जीबी र्याम र १२८ जीबी भेरियन्ट ग्यालेक्सी एम ३२ को मूल्य २७ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

एमआई

रेडमी नोट १०

\"\"

साओमीको रेडमी नोट १० मा ४८ मेगापिक्सेल क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रयागन ६७८ प्रोसेसरलगायतका सुविधा छन् ।

फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । ५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर-इन-बक्सको साथमा रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुन्छ ।

४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको रेडमी नोट १० को मूल्य २१ हजार ९९९ रूपैयाँ रहेको छ । त्यस्तै ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको भएको फोनको मूल्य २२ हजार ९९९ रूपैयाँ तोकिएको छ भने ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको रेडमी नोट १० को मूल्य २४ हजार ९९९ रूपैयाँ रहेको छ ।

रेडमी नोट टेन एस

\"\"
६.४३ इन्च एमोलेड डिस्प्ले भएको रेडमी नोट १० एस फोनमा डिस्प्लेको सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास राखिएको छ ।

रेडमी नोट टेन एसमा हेलियो जी ९५ प्रोसेसर प्रयोग गरिएको छ । यस फोनमा क्वाड रियर क्यामेरा छन् । जसमा ६४ मेगापिक्सेल प्राइमरी लेन्ससहित, ८ मेगापिक्सेल वाइड एंगल लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर र २ मेगापिक्सेल म्याक्रो सेन्सर छन् ।

रेडमी नोट टेन एसमा १३ मेगा पिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ । यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । यसमा ५ हजार एमएचको ब्याट्री राखिएको छ । जसले ३३ वाटको चार्जिङ सपोर्ट गर्छ ।

नेपालमा ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको रेडमी नोट टेन एसको मूल्य २४ हजार ९९९ रूपैयाँ तोकिएको छ भने  ।  ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको रेडमी नोट टेन एसको मूल्य २६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

पोको

पोको एम थ्री

\"\"

पोको एम थ्रीमा ६.५३ इन्ड डट ड्रप आईपीएस एलसिडी डिस्प्ले रहेको छ । यसमा क्वालकमको स्न्यापड्रयाग्न ६६२ प्रोसेसर राखिएको छ ।

फोनमा ट्रिपल रियर क्यामेरा छ । जसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर र २ मेगापिक्सेल म्याक्रो सेन्सर छन् । यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ भने ६ हजार एमएएचको ब्याट्री पनि छ ।

४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको पोको एम थ्रीको मूल्य १७ हजार ९९९ रूपैयाँ रहेको छ भने १२८ जीबी स्टोरेज रहेको फोनको मूल्य १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

पोको सीथ्री

\"\"

६.५३ इन्च इनसेल एलसीडी डिस्प्ले रहेको यसमा एचडी प्लस रिसोलुसन रहेको छ । पोको सीथ्रीमा मिडिया टेकको जी ३५ प्रोसेसर प्रयोग गरिएको छ भने एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ ।

नेपाली बजारमा यो फोन ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज उपलब्ध छ । फोनमा पछाडीतिर ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेल प्राइमरी क्यामेरा, २ मगापिक्सेल म्याक्रो क्यामेरा र २ मेगापिक्सेल डेप्थ सेन्सर रहेको छन् ।

फोनमा सेल्फी क्यामेरा ५ मेगापिक्सेलको राखिएको छ । ५ हजार एमएएचको ब्याट्री रहेको यस फोनले १० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ । नेपाली बजारमा पोको सीथ्रीको मूल्य १४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भिभो

भिभो वाई २०

\"\"

भिभो वाई २० मा ६.५१ इन्च डिस्प्ले राखिएको छ । १३ मेगापिक्सेल प्राइमरी लेन्ससहित ट्रिपल रियर क्यामेरा रहेको यसमा क्वालकम स्न्यापड्रयाग्न ४६० प्रोसेसर रहेको छ । यो फोन ३ जीबी र ४ जीबी र्याम, उपलब्ध रहेको छ भने ६४ जीबी स्टोरेज रहेको छ ।

८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको ५ हजार एमएएचको ब्याट्री जडान गरिएको छ । ३ जीबी र्‍याम भएको यसको मूल्य १९ हजार ९९० रूपैयाँ र ४ जीबी र्‍याम भएको फोनको मूल्य २२ हजार ७९ रूपैयाँ तोकिएको छ ।

भिभो वाई ३०

\"\"

भिभो वाई ३० मा ६.४७ इन्च एचडी प्लस आईपीएस एलसीडी डिस्प्ले रहेको छ । एआई क्वाड क्यामेरा रहेको फोनमा मिडिया टेक हेलियो पी ३५ प्रोसेसर प्रयोग गरिएको छ ।

भिभो वाई ३० मा ४ जीबी र्‍यामका साथ उपलब्ध छ भने ६४ जीबी र १२८ जीबी स्टोरेज रहेको छ । ५ हजार एमएएचको ब्याट्री रहेको फोनको मूल्य शुरूवाती मूल्य २४ हजार ९९९ रूपैयाँ रहेको छ ।

ओप्पो

ओप्पो ए फाइभ २०२०

\"\"

ओप्पो ए फाइभ २०२० मा ६.५ इन्च डिस्प्ले रहेको छ । क्वालकम स्न्यापड्रयागन ६६५ प्रोसेसर प्रयोग भएको यसमा क्वाड रियर क्यामेरा छन् । फोनमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

ए फाइभ २०२० मा ५ हजार एमएएचको ब्याट्री उपलब्ध छ । यसमा एन्ड्रोइड ९ मा आधारित कलर ओएस राखिएको छ । ३ जीबी र्‍याम र ६४ स्टोरेज भएको ओप्पो ए फाइभ २०२० को मूल्य २२ हजार ९९० रूपैयाँ तोकिएको छ ।

ओप्पो ए १५ एस

\"\"

६.२ इन्च स्क्रीन भएको ओपो ए १५ एस नेपालमा सार्चजनिक भएको हो । यस फोनमा ४ हजार २ सय ३० एमएएचको ब्याट्री जडान गरिएको छ । फोनमा एआई ट्रिपल क्यामेरा जडान गरिएको छ ।

ओप्पो ए १५ एसमा ४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज राखिएको छ । फोनमा मिडियाटेक हेलियो पी ३५ अक्टा कोर चिपसेट प्रयोग गरिएको छ ।

ओपो ए १५ एसमा ५ मेगापिक्सेलको फ्रण्ट क्यामेरा राखिएको छ । ओप्पो ए १५ एसको मूल्य २१ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ ।

ओप्पो ए ५३

\"\"

ए ५३ मा ६.५ इन्च एलसीडी प्लस डिस्प्ले रहेको छ । ९० हर्ज रिफ्रेश रेट सहितको ओपो ए ५३ मा थ्रीडी कर्भ्ड ईरिडसेन्ट वेभ डिजाइन राखिएको छ ।

ए ५३ मा ५ हजार एमएएच क्षमताको ब्याट्री १८ वाट फास्ट चार्ज सहित उपलब्ध छ । यसमा क्वालकमको स्न्यापड्रागन ओक्टा कोर ४६० प्रोसेसरको व्यवस्था गरिएको छ ।

४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको फोनमा १३ मेगापिक्सेल मेन क्यामेरासहित एआई ट्रिपल क्यामेरा सेटअप रहेको छ । यसको मूल्य २२ हजार ९९० रूपैयाँ तोकिएको छ ।

रियलमी

रियलमी सिक्स आई

\"\"

यसमा ६.५ इन्च आइपीएस एलसिडी एचडी प्लस डिस्प्ले रहेको छ । गोरिल्ला ग्लास थ्रिद्वारा सुरक्षित गरिएको रियलमी सिक्स आई फोनमा मिडिया टेकको हेलियो जी ८० प्रोसेसर राखिएको छ ।

यसमा एन्ड्रोइड टेन अपरेटिङ सिस्टम रहेको छ । रियलमी सिक्स आईमा चारवटा रियर क्यामेरा छन । जसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रावाइड लेन्स, २ मेगापिक्सेल प्रोट्रेट लेन्स र २ मेगापिक्सेल म्याक्रो लेन्स छन् ।

५ हजार एमएएचको ब्याट्री रहेको छ । ४ जीबी र्‍याम र १२८ जीबी रोम भएको रियलमी सिक्स आईको मूल्य २३ हजार ९९० रुपैयाँ रहेको छ ।

रियलमी फाइभ आई

\"\"

रियलमी फाइभ आईमा ६.५ इन्चको एचडी प्लस आइपीएस एलसीडी डिस्प्ले रहेको छ । रियलमी फाइभ आईमा १२ मेगापक्सेल मेन क्यामेरा सहित ४ वटा रियर क्यामेरा छन् ।

यसमा सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ । क्वालकमको स्न्यापड्रयागन ६६५ चिपसेट रहेको यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । रियलमीको यस फोन ४ जीबी र्याम र ६४ जीबी रोममा उपलब्ध रहेको छ ।

एन्ड्रोइड पाईमा आधारित यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । नेपाली बजारमा यसको मूल्य २० हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

रियलमी फाइभ

\"\"

६.५ इन्च डिस्प्ले भएको रियलमी फाइभमा क्वालकम स्न्यापड्रयाग्न ६६५ प्रोसेसर प्रयोग गरिएको छ । यसमा क्वाड रियर क्यामेरा सेटअप रहेको छ । जसमा १२ मेगापिक्सेल प्राइमरी क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा, २ मेगापिक्सेल म्याक्रो र २ मेगापिक्सेल डेप्थ सेन्सर छन् ।

सेल्फीको लागि यसमा १३ मेगापिक्सेल एआई पोट्रेट क्यामेरा दिइएको छ । ३ जीबी र ४ जीबी र्याम भएको फोनमा १२८ जीबीसम्म स्टोरेज राखिएको छ । रियलमी फाइभमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

नेपालमा बजारमा ३ जीबी र्याम भएको फोनको मूल्य २० हजार ९९० रूपैयाँ रहेको छ भने ४ जीबी र्‍याम प्रयोग भएको फोनको मूल्य २३ हजार ९९० रूपैयाँ तोकिएको छ ।

वानप्लस

वानप्लस एन १००

\"\"

६.५२ इन्च आईपीएस एलसिडी डिस्प्ले रहेको छ । ९० हर्ज रिफ्रेस रेट भएको फोनमा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेल प्राइमरी लेन्स, २ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ लेन्स छन् ।

वानप्लस एन १००० मा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखिएको छ । ५ हजार एमएएचको ब्याट्री रहेको छ, जसले १८ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । यसको मूल्य २२ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

नोकिया

नोकिया जी २०

\"\"

नोकिया जी २० मा ६.५ इन्चको टिएरड्रप डिस्प्ले रहेको छ भने ४८ मेगापिक्सेलको क्यामेरा रहेको छ । यसमा तीन वर्षसम्म मासिक सेक्युरिटी अपडेट पाइने छ ।

साथै दुई वर्षको अपरेटिंग सिस्टमको अपग्रेड दिने कम्पनीले जनाएको छ । यसमा ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज उपलब्ध रहेको छ । नोकिया जी २० को मुल्य १९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

नोकिया जी १०

\"\"

नोकिया जी १०  मा ६.५ इन्चको डिस्प्ले राखिएको छ । यसमा ५०५० एमएएच ब्याट्री रहेको छ । फोनमा १३ मेगापिक्सेलको क्यामेरा उपलब्ध छ । ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

नोकिया जी १० तीन वर्षको सुरक्षा अपडेटहरु र दुई वर्षको सफ्टवेयर अपग्रेड पाइने छ । नोकिया जी १० मा ४ जीबी र ६४ स्टोरेज रहेको छ । नेपालमा नोकिया जी १० मूल्य १६ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

इन्फिनिक्स

इन्फिनिक्स नोट सेभेन

\"\"

इन्फिनिक्सले नेपाली बजारमा इन्फिनिक्स नोट सेभेन स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा ६.९ इन्च पञ्चहोल एचडी प्लस डिस्प्ले रहेको छ ।

इन्फिनिक्स नोट सेभेनमा सुरक्षाको लागि फ्रन्टमा कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ । यसमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा सहित क्वाड क्यामेरा सेटअप रहेको छ । भने १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।

इन्फिनिक्स नोट सेभेनमा मिडिया टेक हेलियो जी ७० चिपसेट राखिएको छ । यसमा ४ र ६ जीबी र्‍याम तथा र १२८ जीबी स्टोरेजमा उपलब्ध छ । यस फोन एन्ड्रोइड टेन अपरेटिङ सिस्टममा आधारित रहेको छ ।

इन्फिनिक्स नोट सेभेनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । यसमा फिङ्गरप्रिन्टको सुविधा पनि रहेको छ । ४ जीबी र्‍याम रहेको इन्फिनिक्स नोट सेभेनको मूल्य २१ हजार ९९० रुपैयाँ रहेको छ ।  त्यस्तै ६ जीबी र्‍याम भएको इन्फिनिक्स नोट सेभेनको मूल्य २३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

इन्फिनिक्स नोट एट आई

\"\"

६.७८ इन्चएचडी प्लस डिस्प्ले रहेको इन्फिनिक्स नोट एट आईमा मिडिया टेक हेलियो जी ८० प्रोसेसर प्रयोग गरिएको छ । यसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज राखिएको छ ।

फोनमा क्वाड रियर क्यामेरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स, २ मेगापिक्सेल म्याक्रो लेन्स, २ मेगापिक्सेल डेप्थ सेन्सर, एआई सेन्सर र एलइडी फ्ल्यास छन् ।

८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको यसमा ५२०० एमएएचको ब्याट्री रहेको छ । यसको मूल्य २१ हजार ४९० रूपैयाँ तोकिएको छ ।

मोटो

मोटो जी नाइन प्ले

\"\"
६.५ इन्च डिस्प्ले भएको मोटो जि नाइन प्लेमा नवीनतम क्वालकम स्न्यापड्रयागन ६६२ चिपसेट राखिएको छ । भने फोनमा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित ट्रिपल रियल क्यामेरा छन् ।

यसमा ५००० एमएएचको ब्याट्री रहेको छ । जसले १५ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ । यसमा ४ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ । मोटो जी नाइन प्लेको मूल्य नेपाली बजारमा १९ हजार ९९० रुपैयाँ तोकिएको छ ।

ह्वावे

ह्वावे वाई सेभेन पी

\"\"

यसमा ६.३९ इन्च एचडी प्लस डिस्प्ले रहेको छ । किरिन ७१० एफ प्रोसेसर प्रयोग गरिएको यसमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको छ ।

फोनमा रियर ट्रिपल क्यामेरा छन् । जसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स र २ मेगापिक्सेल डेप्थ सेन्सर छन् ।

८ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको यसमा ४ हजार एमएएचको ब्याट्री राखिएको छ । यसको मूल्य २३ हजार ९९० रूपैयाँ तोकिएको छ ।

अनर

अनर नाइन एक्स लाइट

\"\"
यसमा ६.५ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको छ । किरन ७१० एफ प्रोसेसर प्रयोग गरिएको यसमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज उपलब्ध छ ।

एन्ड्रोइड ९ मा आधारित अनर नाइन एक्स लाइटमा डुअल रियर क्यामेरा छ । जसमा ४८ मेगापिक्सेल प्राइमरी सेन्सर र २ मेगापिक्सेल डेप्थ सेन्सर छन् ।

८ मेगापिक्सेल सेल्फी क्यामेरा भएको फोनमा ३७५० एमएएच ब्याट्री राखिएको छ । यसको मूल्य २३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

कुलप्याड

कुलप्याड कुल एस

\"\"
कुलप्याड कुल एस ६.५३ इन्च फुल एचडी प्लस डिस्प्ले छ । यसमा मिडियाटेक हेलियो पी ६० प्रोसेसर प्रयोग गरिएको छ । भने फोनमा ४ जीबी र्‍याम १२८ जीबी इन्टरनल स्टोरेज राखिएको छ ।

यो फोन एन्ड्रोइड १० अपरेटिङ सिस्टममा चल्ने गर्दछ । यसमा ४८ मेगापिक्सेल मेन क्यामेरा सहित क्वाड रियर क्यामेरा सेटअप रहेको छ । भने २५ मेगापिक्सेल सेल्फी क्यामेरा रहेको छ ।

फोनमा ५ हजार एमएएचको ब्याट्रीका साथै फिंगरप्रिन्ट सेन्सरको सुविधा समेत रहेको छ । कुलप्याड कुल एस स्मार्टफोनको मूल्य नेपाली बजारमा २२ हजार ५९५ रुपैयाँ तोकिएको छ ।