कीवर्डहरू -

मेरो स्कूलले ल्यायो ‘प्ले एण्ड विन’ क्विज, हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने

मेरो स्कूलले ल्यायो ‘प्ले एण्ड विन’ क्विज, हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने

इ-लर्निङ्ग प्लाटफर्म मेरो स्कूलले नयाँ फिचर ‘प्ले एण्ड विन’ क्विज सार्वजनिक गरेको छ । जहाँ विभिन्न प्रश्नहरुको जवाफ दिएर दैनिक ५ हजार रुपैयाँ जित्न सकिने छ ।

यसका लागि पहिला गुगल प्लेस्टोरबाट मेरो स्कूल एप डाउनलोड गरी साइन इन गर्नुपर्नेछ । त्यसपछि प्रयोगकर्ताले दैनिक क्विज खेल्न सक्नेछन् । प्रयोगकर्ताले दिइएको समयभित्र १० प्रश्नहरुको जवाफ दिनुपर्नेछ ।

यस बापत दैनिक ५ हजार रुपैयाँ जित्ने मौका प्राप्त हुनेछ । सबै प्रश्नहरुको सही जवाफ दिनेहरुको सूचीबाट ‘लक्की ड्र’ मार्फत विजेता छनौट गरिनेछ ।

के हो मेरो स्कूल ?

मेरो स्कूल एक इ-लर्निङ्ग प्लेटफर्म हो जहाँ विभिन्न प्रकारका अनलाइन कोर्सहरु प्राप्त गर्न सकिन्छ । ५० भन्दा बढी कोर्स र ९ हजारभन्दा बढी भिडियोहरु भएको मेरो स्कूल पढाइका लागि सहायता खोजिरहेका र विभिन्न नयाँ सीप सिक्न चाहनेहरु माझ एक लोकप्रिय प्लेटफर्म बनेको कम्पनीले जनाएको छ ।

मेरो स्कूलले नेपालको पाठ्यक्रम विकास केन्द्रबाट निर्धारण गरिए अनुसार भिडियोहरु तयार गरेको छ । त्यसैले, स्कूलका विद्यार्थीहरुले अन्योलमा परेका विषय बुझ्नका लागि गुगलको सहायता लिनु पर्ने छैन ।

स्कूलका विद्यार्थी मात्र होइन, मेरो स्कूलले राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रम र आईओईले निर्धारण गरेको इन्जिनियरिङ्ग कोर्सका भिडियोहरु पनि उपलब्ध गराएको छ ।

मेरो स्कूलले विद्यार्थीहरुका लागि मात्र होइन सीप विकास गर्न चाहनेहरुका लागि पनि प्लेटफर्म निर्माण गरेको छ । यहाँ फोटोसप, अटोक्याड, इलुस्ट्रेटर, आफ्टर इफेक्ट्स जस्ता सिर्जनात्मक विषयका भिडियोहरु पनि उपलब्ध छन् ।

यसका साथै, शेयर बजार सम्बन्धी सिक्न चाहनेहरुका लागि आधारभूत र प्राविधिक विश्लेषणका भिडियोहरु पनि उपलब्ध छन् । यति मात्र होइन, यहाँ विभिन्न भाषाका कोर्सहरु पनि उपलब्ध छन् ।

विविध कोर्सहरु भएको मेरो स्कूल नेपाल एप अहिले एक लोकप्रिय एप बनेको छ । हालसम्ममा १५ हजारभन्दा बढीले यस एप डाउनलोड गरिसकेका छन् ।