कीवर्डहरू -

स्ट्यान्डफोर्ड विश्वविद्यालयका विज्ञले विकास गरे मृत्युको भविष्यवाणी गर्ने रोबोट 

स्ट्यान्डफोर्ड विश्वविद्यालयका विज्ञले विकास गरे मृत्युको भविष्यवाणी गर्ने रोबोट 

आर्टिफिसियल इन्टिलिजेन्स (एआई) हरेक कुरा सम्भव हुदै गएको छ । एआईमा लागेका वैज्ञानिकहरुले मान्छेको मृत्यु कहिले हुन्छ भनेर भविष्यवाणि गर्ने रोबोटसमेत बनाउन सफल भएका छन् ।

विज्ञान सम्बन्धी समाचार लेख्ने एक अन्तर्राष्ट्रिय न्युज पोर्टल अनुसार स्ट्यान्डफोर्ड विश्वविद्यालयका अन्वेषकहरुले यस्तो मेसिन लर्निङ अल्गोरिदमको निर्माण गरेका छन् जसले मान्छेको मृत्युको भविष्यवाणी गर्छ र जुन ९० प्रतिशत मिल्न जान्छ।

यसमा विकास गरिएको एल्गोरिदमलाई २० लाख विरामीको रेकर्ड प्रयोग गरेर प्रशिक्षित गरिएको छ । यो एआईले एउटा प्याटर्नको विकास गरिदिन्छ जुन डाक्टरले थाहा पाउन सक्दैनन् र त्यही प्याटर्नलाई जोडेर विरामीको मृत्युको समय थाहा पाउन सकिन्छ ।
यो तपाईलाई कुनै साइन्स फिक्सनको कथा जस्तै लाग्न सक्छ तर यसलाई स्ट्यान्डफोर्डका अन्वेषकहरुले सत्यमा परिणत गरिसकेको बताइएको छ ।

यस्तो एआई बनाउनुको उद्देश्यले कसैको मृत्यु पीडादायी नहोस् भन्ने रहेको उनीहरुको भनाइ छ । यो प्रक्रियालाई विरामीहरुको मृत्यु हुन लागेको समयमा धेरै महङ्गो र गाह्रो नहोस् भनेर यो बनाइएको भनाइ छ ।

पहिले नै मृत्यु कहिले हुन्छ भनेर थाहा पाएपछि विरामीलाई धेरै खर्च नगर्ने वा धेरै समस्या नलिने र शान्तरुपमा विदा हुन सक्ने भनेर अन्वेषकहरुले यो प्रक्रिया ल्याएको बताएका छन् ।

अमेरिकाको एउटा अनुसन्धान ‘इम्प्रुभिङ प्यालिटेटिभ केयर विथ डिप लर्निङ’ भन्ने पेपरमा ८० प्रतिशत व्यक्तिहरुले आफ्नो अन्तिम समय घरमै बिताउन चाहन्छन् ।

त्यस्तै ६० प्रतिशत व्यक्तिहरु आफ्नो अन्तिम समयमा पनि एकदमै खर्चिलो र गाह्रो उपचारमा दिन बिताएको पाइएको छ । यो खोजले मान्छेलाई बचाउन केके विकल्प प्रयोग गर्न सकिन्छ भनेर स्क्रीन पनि गर्न दिन्छ । यसको अन्वेषण घातक विरामीहरुका लागि स्ट्यान्डफोर्ड विश्वविद्यालयका ६ जनाले गरेका हुन् ।

यो अन्वेषणलाई प्रयोग गरेर विरामीलाई नै तपाई कुनै उपचार लिन चाहनुहुन्छ वा अन्तिम समय शान्ति मै बिताउन चाहनुहुन्छ भनेर सोध्ने गरिन्छ । यो प्रक्रियालाई अब मेसिन लर्निङ प्लस डाक्टर भन्न थालिएको छ । यो उपायको एउटा समस्या भनेको यसले विरामी यही वर्ष नै कसरी मृत्यु हुन्छ भनेर देखाइदैन र मृत्यु भनेर मात्रै भन्ने गर्छ ।

कुनै कुनै बेला यसको क्रियटरहरुले पनि डिप लर्निङ मोडेलले किन यो परिणाम दिएको हो भनेर थाहा पाउन नसकेको पनि पाइएको छ । यस प्रक्रियाले अंग प्रत्यारोपण गर्नलाई पनि कोही विरामी वेटिङ लिस्टमा छन् भने उनीहरुलाई कुनै अंग कहिले उपलब्ध गराउन सकिन्छ भनेर पनि हेर्न मिल्छ । डाक्टरहरुले हरेक चोटि सही भविष्यबाणी गर्न नसक्ने हुँदा यो प्रविधिले सहयोग नै पु¥याउँछ ।