कीवर्डहरू -

क्लबहाउसको अडियो च्याट रूम अब सबै प्रयोगकर्तालाई, नयाँ लोगो पनि सार्वजनिक

क्लबहाउसको अडियो च्याट रूम अब सबै प्रयोगकर्तालाई, नयाँ लोगो पनि सार्वजनिक

क्लबहाउसको अडियो च्याट रुम अब सबै प्रयोगकर्ताका लागि खुल्ला गरिएको छ । अब प्रयोगकर्ताहरुले वेटलिस्टका लागि पर्खनु पर्दैन् । सार्वजनिक भएको १६ महिना पछि एप अब बेटा चरणबाट बाहिर आउने भएको छ ।

कम्पनीले यही खुशीमा नयाँ लोगो पनि आज सार्वजनिक गरेको छ । क्लबहाउसका अनुसार अब प्रयोगकर्ताहरुले लिकं सेयर गरेर एपमा जोइन हुनका निम्ति इन्भाईट गर्न सक्छन् ।

कम्पनीका अनुसार दैनिक रुपमा एपमा आधा मिलियन अडियो च्याट रुमहरु हुने गर्दछन् र मेमा एन्ड्रोइड एप आएदेखि १० मिलियन मान्छेले एपमा साइन अप गरिसकेका छन् ।

त्यस्तै मेसेज प्रणाली आएदेखि पनि ९० मिलियन मेसेजहरु आदानप्रदान भईसकेका छन् । साधारण रुपमा क्लबहाउसमा हरेक दिन प्रयोगकर्ताहरुले एक घण्टा भन्दा बढि बिताउने गरेको पाइएको छ । क्लबहाउसले हरेक एक दुई हप्तामा ठूल्ठूला अपडेट सार्वजनिक गर्ने पनि सोचेको छ ।

ट्वीटर, फेसबुक, इन्स्टाग्राम, डिस्कर्ड र स्पटीफाई जस्ता सबै एपले अडियो च्याट रुमको फिचर ल्याएकाले क्लबहाउसले आफ्नो एप सबैका लागि खोल्न एकदमै महत्वपूर्ण भईसकेको थियो ।