कीवर्डहरू -

होन्डा एनिभर्सरी भनेर हामीले कुनै अभियान सञ्चालन गरेका छैनौं, त्यो स्क्याम होः होन्डा नेपाल

होन्डा एनिभर्सरी भनेर हामीले कुनै अभियान सञ्चालन गरेका छैनौं, त्यो स्क्याम होः होन्डा नेपाल

होन्डा नेपालले ‘होन्डाको ७० औं एनिभर्सरी’ भनेर कुनै अभियान सञ्चालन नगरेको बताएको छ । हिजोदेखि होन्डा ७० औं एनिभर्सरी फिशिङ म्यासेज भाइरल भएपछि होन्डा नेपालले यस्तो प्रकारको कुनै पनि अभियान सञ्चालन नगरेको बताएको हो ।

बिहीबार एक विज्ञप्ती जारी गर्दै होन्डाले सामाजिक सञ्जालमा ‘होन्डा ७० औं एनिभर्सरी’ स्क्याम प्रति सचेत रहेको र त्यस्तो प्रकारको अभियान आफुहरुले सञ्चालन नगरेको स्पष्ट पारेको छ ।

उक्त स्क्याम फेसबुकमा रिपोर्ट गरिएको होन्डा नेपालले बताएको छ । उक्त स्क्याम लिंकमा क्लिक नगर्न समेत होन्डा नेपालले आग्रह गरेको छ ।

तपाईलाई पनि होन्डा एनिभर्सरी र त्यस्ता प्रकारका अन्य कुनै शंकास्पद फिशिङ लिंकहरू आइरहेका छन् भने क्लिक नगर्नुहोला । तपाईको साइबर आक्रमणको शिकार बन्न सक्नुहुन्छ ।

पछिल्लो समय प्रतिष्ठित कम्पनीको नाम र लोगो प्रयोग गरेर फिशिङ गर्ने घटना नेपालमा बढ्दै गइरहेका छन् ।

हेर्नुहोस् विज्ञप्ती

\"\"