कीवर्डहरू -

नागरिक एपबाट यसरी तिर्नुहोस् सवारीसाधनको कर

नागरिक एपबाट यसरी तिर्नुहोस् सवारीसाधनको कर

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर अब नागरिक एपबाट समेत तिर्न सकिने भएको छ । त्यसका नागरिक एपमा सवारी कर अप्सनमा आइसकेको छ ।

सम्भव भएसम्मका सबै सार्वजनिक सेवा मोबाइलबाटै दिने उदेश्यसहित सरकारले केही महिना अगाडि नागरिक एप सञ्चालनमा ल्याएको थियो ।

बागमति प्रदेशभित्र दर्ता भएका तथा अन्य प्रदेशमा दर्ता भएका तर बागमति प्रदेशबाट कर तिरेका र नवीकरण गरेका सवारीसाधनको पनि अनलाइनबाटै कर तिर्न र नवीकरण गर्न सकिने छ ।

नागरिक एपबाट आफ्नो सवारीसाधनको जानकारी हेर्न, बाँकी तिर्नुपर्ने कर र तिरिसकेको कर बारे जानकारी लिन सकिने छ ।

एपबाट यसरी तिर्नुहोस् कर

नागरिक एपबाट सवारीसाधनको कर तिर्नका लागि शुरूमा एपमा जानुहोस् र ‘सवारी कर’ अप्सनमा थिच्नुहोस् । अब आफ्नो सवारीसाधनको ब्लुबुक अनुसार विवरण भर्नुहोस् र खोज्नुहोस् बटनमा क्लिक गर्नुहोस् ।

त्यसपछि यातायात कार्यालयमा रहेको तपाईको सवारीसाधनको विवरण देखापर्नेछ । विवरणमा कुनै पनि त्रुटी भए सच्याउन र छुटेको विवरण थप गर्न सकिन्छ । त्यसका लागि यहाँ दबाउनुहोस् लेखिएको अप्सनमा जानुहोस् ।

अनि गलत विवरण सच्याउनुहोस् र छुटेको विवरण थप गर्नुहोस् । नियतबस गलत विवरण राखेमा कानूनी समस्यामा समेत पर्न सकिने छ । तपाईले एक पटक सच्याएर राखेको विवरण बारम्बार परिवर्तन गर्न पनि मिल्दैन । त्यसकारण ध्यान दिएर मात्रै आवश्यक विवरण राख्नुहोस् ।

तपाईले माथि आफ्नो सवारीसाधनको विवरणसँगै कर बाँकी रहेको र कर तिरेको ट्याब पनि देख्नुहुनेछ । यदी तपाई नागरिक एपबाट आफ्नो सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न चाहनुहुन्छ भने कर बाँकीमा जानुहोस् । त्यहाँ सवारीकर, जरिवाना र नवीकरण शुल्कसहित तपाईले बुझाउन बाँकी रहेको करको विवरण देखिने छ ।

अब कर भुक्तानी गर्न अन्तिममा रहेको भुक्तानी गर्नुहोस् अप्सनमा दबाउनुहोस् र उपलब्ध भुक्तानीको कुनै एउटा माध्यम रोजेर अगाडि बढ्नुहोस् । यसरी गरेको भुक्तानी र यसअघिका दिनमा चुक्ता गरिसकेको सवारी कर सम्बन्धि विवरण कर विवरण अन्तर्गत फेला पार्न सकिने छ ।