कीवर्डहरू -

इन्स्टाग्रामको ‍स्टोरीमा रहेको टेक्स्टलाई ९० बढी भाषामा अनुवाद गर्न सकिने

इन्स्टाग्रामको ‍स्टोरीमा रहेको टेक्स्टलाई ९० बढी भाषामा अनुवाद गर्न सकिने

इन्स्टाग्रामले अब स्टोरीमा रहेको टेक्स्टलाई ९० भन्दा बढी भाषामा अनुवाद गर्न सक्ने भएको छ । इन्स्टाग्राम विश्वभरका विभिन्न भाषीहरुले प्रयोग गर्दै आएका छन् ।

त्यस्तो सबै भाषाहरुलाई अनुवाद गरेर बुझ्नका लागि इन्स्टाग्रामले यो नयाँ फिचर ल्याएको हो । यो फिचर विश्वव्यापी रुपमा रोल आउट भईरहेको छ ।

एपले तपाईले नबुझ्ने भाषा हो भन्ने थाहा पाएपछि सी ट्रान्सलेसन भनेर अप्सन आउने गर्दछ र त्यहाँबाट अनुवाद गर्न सकिन्छ ।

यो फिचर अहिलेसम्म अडियोका लागि भने काम गर्दैन् । यो फिचरले अरु भाषाहरुको क्याप्सन बुझ्न एकदमै सहज बनाउँने छ । इन्स्टाग्रामले हालैमा अटो क्याप्सनको फिचर राखेको छ ।