कीवर्डहरू -

इन्स्टाग्राममा तपाईलाई कसले अनफलो गरेको छ ? यसरी गर्नुहोस् चेक

इन्स्टाग्राममा तपाईलाई कसले अनफलो गरेको छ ? यसरी गर्नुहोस् चेक

इन्स्टाग्राममा तपाईलाई कसले अनफलो गरेको छ भनेर जाँच गर्ने थुप्रै उपाय रहेका छन् । त्यसमध्यको एक भने म्यानुअली चेक गर्नु रहेको छ ।

तपाईलाई जसले अनफलो गरेको छ जस्तो लाग्छ त्यो प्रयोगकर्ताको अकाउन्टमा गएर उनीहरुको फलोइङ लिस्ट हेरेर पनि थाहा पाउन सकिन्छ ।

यसले समय धेरै लिने गर्दछ त्यही कारणले यही कामका लागि फलोअर विश्लेषण गर्नका निम्ति केही थर्ड पार्टी  एपहरु रहेका छन् । इन्स्टाग्रामले एपिआईमा परिवर्तन गरेकाले पहिलेको तुलनामा केही एपहरु मात्रै रहेका छन् ।

फलो मिटर

यो एपले तपाईलाई इन्स्टाग्राममा कतिको प्रख्यात हुनुहुन्छ, कसले अनफलो गर्याे, कस कसले प्रोफाइल हेर्याे भनेर जानकारी दिने गर्दछ । आफ्नो एन्ड्रोइड वा आईओएसमा यो एप इन्स्टल गरिसकेपछि एपमै इन्स्टाग्राम अकाउन्टमा साइन इन गर्न लगाइन्छ ।

त्यसपछि ड्यासबोर्डमा अनफलोअरहरुको सूचीसिँगै नयाँ फलोअरहरुको नाम आउने गर्दछ । यसले नयाँ इन्स्टाग्रामको एपिआई मानेकाले कोकोले अनफलो गर्याे भनेर सजिलै हेर्न सकिन्छ ।

फलोअर्स ट्रयाकर प्रो

यो एप पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । यसको ईन्टरफेस चलाउन एकदमै सहज किसिमको रहेको छ ।

कसले अनफलो गरेको छ भनेर चेक गर्नुसँगसँगै यसमा तपाईले प्रति पोस्ट औसत रुपमा कति लाइक आउँछ भनेर पनि हेर्न सक्नुहुन्छ । यसमा लस्ट फलोअर ट्याब हुन्छ जसको मार्फतले अनफलो गरेको थाहा हुने गर्दछ ।

फलो कप

यो एप एन्ड्रोइडमा मात्रै उपलब्ध रहेको छ । यसबाट टप लाइकर, घोस्ट फलोअर हरु हेर्न सकिन्छ । यसमा फलोअर पनि सजिलै तरीकाले व्यवस्थापन गर्न सकिन्छ  र तीन ओटा बेग्ला बेग्लै इन्स्टाग्राम अकाउन्ट पनि कनेक्ट गर्न मिल्छ ।