कीवर्डहरू -

स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने

स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने

स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने भएको छ । त्यहाँ जीवनको कुनै सम्भावना छ की भनेर नासाले यूरोपा क्लीपर मिसन ल्याएको हो ।

एजेन्सीले बृहस्पति ग्रहको चन्द्रमा जोभियान चन्द्रमामा यूरोपा क्लीपरलाई सन् २०१९ देखिनै पठाउन खोजिरहेको थियो र यो अहिले स्पेसएक्सले गर्दा सम्भव हुने भएको छ । यो प्रोजेक्ट सन् २०२४ को अक्टोबरमा लञ्च गरिने योजना बनाइएको छ । स्पेसएक्स र नासाको यो सम्झौताले गर्दा नासाले करिब १७८ मिलियन डलर तिर्नु पर्ने हुन्छ ।

यो मिसन केनेडी स्पेस सेन्टरको लञ्च कम्प्लेक्स ३९ ए बाट लञ्च हुनेछ । नासालाई यो मिसन पुरा गर्न थप १ बिलियन लाग्ने एजेन्सीले बताएको छ ।  सन् २०२४ मा यूरोपा क्लीपर लञ्च भयो भने त्यो बृहस्पति ग्रहको चन्द्रमामा सन् २०३० मा पुग्नेछ ।