कीवर्डहरू -

एन्ड्रोइड फोनलाई एन्ड्रोइड स्मार्ट टिभीको रिमोटको रुपमा कसरी प्रयोग गर्ने ? 

एन्ड्रोइड फोनलाई एन्ड्रोइड स्मार्ट टिभीको रिमोटको रुपमा कसरी प्रयोग गर्ने ? 

एन्ड्रोइड टिभी आजभोलि एकदमै चर्चित बन्दै गईरहेको छ । अहिलेको धेरै एन्ड्रोइड टिभीहरु गूगलको अपरेटिङ सिस्टममा चल्ने गर्दछन् ।

कहिलेकाही हामीले टिभीको रिमोट नपाएर वा ब्याट्री सकिएर टिभी हेर्न नपाएको हुन सक्छौँ । यही समस्यालाई मध्यनजर गर्दै आज हामीले एन्ड्रोइड स्मार्टफोनलाई एन्ड्रोइड/स्मार्ट टिभीको रिमोटको रुपमा कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी दिदै छौं ।

१. सर्वप्रथम तपाईको एन्ड्रोइड टिभी र स्मार्टफोन एउटै वाईफाईसँग कनेक्ट भएको हुनुपर्छ ।

२. त्यसपछि तपाईले आफ्नो स्मार्टफोनमा एन्ड्रोइड टिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

३. यति गरेपछि आफ्नो स्मार्टफोनमा एन्ड्रोइड टिभी एप खोल्नुपर्छ ।

४. यसपश्चात तपाईले आफ्नो एन्ड्रोइड टिभीको नाममा क्लिक गर्नुपर्छ ।

५. यति गरेर आफ्नो स्मार्टफोनसँग पेयर गर्नका निम्ति एन्ड्रोइड टिभीमा आएको पिन हाल्नुपर्छ ।

६. अन्तिममा एपमा रहेको कन्ट्रोलहरु प्रयोग गरेर एन्ड्रोइड टिभी चलाउन सकिन्छ ।