कीवर्डहरू -

गूगलले सार्वजनिक गर्‍यो नयाँ बग बाउन्टी प्लेटफर्म

गूगलले सार्वजनिक गर्‍यो नयाँ बग बाउन्टी प्लेटफर्म

गूगलले नयाँ बग बाउन्टी प्लेटफर्म ‘बगहन्टर्स’ सञ्चालनमा ल्याएको छ । आफ्नो बग बाउन्टी प्रोग्रामले १० वर्ष पुरा गरेको अवसरमा गूगलले एकीकृत बग बाउन्टी प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।

यस प्लेटफर्मबाट गूगलका सेवाहरुमा देखिएका सुरक्षा कमोजोरीहरु रिपोर्ट गर्न सकिने छ । कम्पनीले १० वर्ष अगाडि बग बाउन्टी कार्यक्रम शुरू गरेको थियो ।

१० वर्षको अवधिमा कुल ११ हजार ५५ बग भेटिए भने बग पत्ता लगाउने ८४ देशका २ हजार २२ जना पुरस्कृत भएका छन् । आफ्नो बग बाउन्टी प्रोग्रामबाट गूगलले हालसम्म बग हन्टरलाई करिब ३० डलर रिवार्ड उपलब्ध गराएको छ ।

पछिल्लो समय नेपाली युवाहरुमा पनि बग बाउन्टी लोकप्रिय हुँदै गइरहेको छ । उनीहरुले फेसबुक, इन्स्टाग्राम, ट्विटर लगायत अन्तर्राष्ट्रिय कम्पनीहरु बग पत्ता लगाएर राम्रो आम्दानी समेत गरिरहेका छन् ।