कीवर्डहरू -

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न निर्देशन

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न निर्देशन

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले निर्देशन दिएका छन् ।

साउन १३ गते बैरागीको अध्यक्षतामा बसेको सचिव बैठकले सबै सचिवहरुलाई सरकारी इमेल प्रयोग गर्न, सिंहदरबार भित्रका निकायहरुमा साउनभित्र र बाहिरका निकाय तथा कार्यालयमा एक महिनाभित्र अफिस अटोमेसन सिस्टम लागु गर्न निर्देशन दिइएको हो ।

बैठकमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अवस्था र सरकारी तथ्यांक तथा डाटावेसको सुरक्षा संवेदनशीलताको विषयमा पनि छलफल भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन हुने राष्ट्रिय गौरव, रूपान्तरणकारी आयोजनालगायत अन्य प्राथमिकता प्राप्त आयोजनाको वार्षिक कार्यान्वयन कार्ययोजना समयमै तयार गरी कार्यान्वयन गराउने समेत सचिवहरूलाई निर्देशन दिइएको छ ।