कीवर्डहरू -

भर्चुअल रूपमा आयोजना हुँदै रिभ्याम्प नेपालको दोस्रो संस्करण, सय बढी स्टार्टअप सहभागी हुने

भर्चुअल रूपमा आयोजना हुँदै रिभ्याम्प नेपालको दोस्रो संस्करण, सय बढी स्टार्टअप सहभागी हुने

भर्चुअल रूपमा रिभ्याम्प नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । आगामी साउन २९ र ३० गते आयोजना हुने भर्चुअल स्टार्टअप फेयर रिभ्याम्प नेपालमा सय बढी स्टार्टअप सहभागी हुनेछन् ।

कोरोना महामारीका कारण स्टार्टअप तथा साना व्यवसायलाई असर परेको छ । यस्तो अवस्थामा स्टार्टअप तथा साना व्यवसायलाई सहयोग गर्न रिभ्याम्प नेपाल आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

यस भर्चुअल स्टार्टअप फेयरको बारेमा थप जानकारी लिन र यसमा सहभागी हुन चाहने स्टार्टअपले यहाँ क्लिक गरी निःशुल्क आवेदन दिन सक्नेछन् ।

यसअघिको रिभ्याम्प नेपाल पहिलो संस्करण भौतिक रूपमै आयोजना भएको थियो । हाल कोरोना महामारीलाई मध्यनजर गर्दै रिभ्याम्प नेपालको दोस्रो संस्करण अनलाइनबाटै आयोजना हुन लागेको हो ।