कीवर्डहरू -

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ४५ मिनेट नासाको नियन्त्रण बाहिर, ठूलो दुर्घटनाबाट बच्यो

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ४५ मिनेट नासाको नियन्त्रण बाहिर, ठूलो दुर्घटनाबाट बच्यो

अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बिहीबार ठूलो दुर्घटना हुनबाट बचेको छ । आईएसएस ४५ मिनेट नासाको नियन्त्रण बाहिर गएको थियो ।

आफ्नो कक्ष (अर्बिट) जुन ठाउँमा हुनुपर्ने हो त्यस ठाउँबाट आईएसएस ४५ मिनेट हटेको थियो । तर पछि नासाको कन्ट्रोल सेन्टरमा रहेका फ्लाइट टिमले कन्ट्रोल थ्रस्टर्सको मद्दतले स्टेसनलाई त्यसले आफ्नै स्थानमा फिर्ता लगेको थियो ।

स्टेसन आधा डिग्री प्रति सेकेन्डको गतिले आफ्नो वास्तविक ठाउँबाट ४५ डिग्री बाहिर हटेको थियो । रुसी मोड्यूलको गडबडीका कारण उक्त समस्या आएको बताइएको छ ।

नासाका अनुसार रुसी ल्याब्रेटरी मोड्यूल नाउकामा प्राविधिक गडबडी देखिएपछि उक्त घटना भएको हो । नाउको जेट थर्स्ट आफै सञ्चालन भएको थियो । नाउको थर्स्टमा कस्तो समस्या देखिएको बारे विस्तृतमा जानकारी भने आएको छैन् । आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू रहेका छन् ।

आईएसएसमा हाल ७ जना अन्तरिक्ष यात्रीहरू रहेका छन् । स्टेसनमा अहिले दुई रुसी, तीन अमेरिकी, एक जापानी र एक फ्रेन्च अन्तरिक्ष यात्री रहेका छन् ।