कीवर्डहरू -

के तपाई एन्टिभाइरस किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् राम्रो एन्टिभाइरस

के तपाई एन्टिभाइरस किन्दै हुनुहुन्छ ? यसरी छान्नुहोस् राम्रो एन्टिभाइरस

इन्टरनेटले जीवन सहज बनाउनुका साथ साथै सूचना खतरामा पार्ने पनि गर्छ । वेबमा यस्ता ह्याकहरु छन् जसले तपाईको निजी जानकारी पाउन अवसर खोजिरहेका हुन्छन् ।

विश्वव्यापी डेटा हेर्दा कम्प्युटर प्रयोगकर्ताहरुको निजी डेटामा २.३ ट्रिलियन पटक ह्याकरहरुले घुसपैठ गर्न खोजिसकेका छन् । सोनिक वाल नामक साइबर सुरक्षा फर्मको अनुसार गत साल भन्दा यो वर्ष १९ प्रतिशतले साइबर सुरक्षाको डर बढेको छ ।

त्यस कारण इन्टरनेटसँग जोडिएको डिभाइसलाई एन्टिभाइरस सफ्टवेयरले सुरक्षित गर्नुपर्छ । तर एन्टिभाइरस किन्दा पनि कुन लिने, कस्तो किन्दा राम्रो हुन्छ भनेर तपाईलाई चिन्ता लाग्न सक्छ ।

त्यही खुल्दुली मेटाउन आज हामीले हाउस्टफवर्क्स मा प्रकाशित एन्टिभाइरस किन्दा के के कुरामा ध्यान दिने बारे जानकारी दिदैं छौं ।

के तपाईलाई क्लाउड एन्टिभाइरस चाहिन्छ ?

पुरानो मोडेलको एन्टिभाइरस सफ्टवेयरले सबै किसिमको ह्याकलाई रोक्न सक्दैन् । त्यही कारणले क्लाउड एन्टिभाइरस प्रोग्राम इन्स्टल गर्न एकदमै महत्वपूर्ण हुन्छ ।

यसले तपाईको कम्प्यूटर भन्दा राम्रो प्रोसेसिङ दिने गर्छ । यसले मालवेयरको समस्याहरुलाई सजिलै थाहापाउन पनि सक्छ । मालवेयरबाट राम्रो सुरक्षा दिने एन्टिभाइरसमा एउटा ‘टोटल एभी’ पनि हो जुन थुप्रै प्लेटफर्मका लागि उपलब्ध छ ।

यसले र्‍यान्समवेयर देखि एडवेयरबाट सुरक्षा दिने गर्छ । त्योसँगै कम्प्युटरमा फाइल खुल्नु अघि पनि यसले एकचोटि स्कयान गर्ने गर्छ जसले गर्दा तपाइको डिभाइस सुरक्षित नै रहन्छ ।

कुन खालको उपकरणमा तपाईले एन्टिभाइरस प्रयोग गर्नुहुन्छ ?

आफ्नो डिभाइसको अपरेटिङ सिस्टमसँग कस्तो खालको एन्टिभाइरस प्रोग्राम मिल्छ भनेर पत्ता लगाउन सक्नुपर्छ । तर अब यो धेरै ठूलो विषय होइन किनभने धेरैजसो एन्टिभाइरस निर्माताले एउटा एन्टिभाइरसनै धेरै ओटा प्लेटफर्मका लागि बनाएका हुन्छन् ।

यसको एउटा उदाहरणमा एभीजी एन्टीभाइरस पर्ने गर्दछ जुन दुवै निःशुल्क र भुक्तानी गर्नु पर्ने भर्सनमा आउँछ । यो पिसी, म्याक, एन्ड्रोइड र आईओएस भर्सनमा उपलब्ध रहेको छ ।

तपाईको डिभाइसमा कति स्पेस छ भनेर पनि याद गर्नुपर्ने हुन्छ किनभने कहिलेकाँही एन्टिभाइरसले धेरै स्पेस लिन्छ । धेरै स्पेस नलिने एन्टिभाइरसमा ‘वेबरुट सेक्योर एनीवेयर’ एन्टिभाइरस पर्ने गर्छ ।

तपाईको बजेट कति छ ?

तपाईको बजेट कम नै छ वा तपाईले धेरै कम्प्युटरको प्रयोग गर्नुहुँदैन भने तपाइले एन्टिभाइरस प्रोग्रामको निःशुल्क भर्सननै छनोट गर्न सक्नुहुनेछ ।

विन्डोज पिसी हुनेले सजिलै तरिकाले विन्डोज टेन सँग आउने ‘विन्डोज डिफेन्डर एन्टिभाइरस’ एक्टीभेट गर्न सक्छन् । अर्को चर्चित एन्टिभाइरसमा ‘अभास्ट फ्रि एन्टिभाइरस’ पर्ने गर्छ जसले सुरक्षा अन्वेषकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ ।

यो विन्डोज, म्याक, एन्ड्रोइड र आईओएस डिभाइसका लागि उपलब्ध रहेको छ । तर भुक्तानी गर्नुपर्ने भर्सन लिन सकेमा त्यस्तो एन्टिभाइरसले अझै बढि फिचर दिन सक्छ ।

‘बिटडिफेण्डर टोटल सेक्युरिटरी’ ले पेड भर्सनमा फाइल सेन्डिङ र वेबक्याम र माइक्रोफोनबाट सुरक्षाजस्तो फिचरहरु दिने गर्छ । एकपटक किनेपछि हरेक एक वर्षमा केही पैसा दिएर प्रोग्रामलाई रिन्यू गर्नुपर्ने हुन्छ ।

तपाईले कस्तो सेक्युरिटी समस्या भोग्नु परिरहेको छ र त्यसको लागि कस्तो खालको सुरक्षा चाहिन्छ ?

तपाईले आफ्नो कम्प्युटर ईमेल लेख्न, फिल्म हेर्न जस्ता साधारण कार्यका लागि मात्रै प्रयोग गरिरहनुभएको छ भने धेरै एडभान्सड एन्टिभाइरस हाल्नु पर्दैन् तर इ–कमर्स व्यवसाय चलाउने,वेबको एकदमै धेरै प्रयोग गर्नेहरुले उन्न्त किसिमकै एन्टिभाइरस प्रयोग गर्नुपर्ने हुन्छ ।

यसका लागि पेड भर्सनमा प्रिमियम फिचरहरु रहेका हुन्छन् । ‘नर्टन ३६० विथ लाइफलक सेलेक्ट’ मा एन्टि ह्याकिङ फिचरहरु रहेका छन् । त्योसँगै बालबालिकाले रिमोट अध्ययन गर्दा प्यारेन्टल गाईडेन्स पनि हुने गर्छ ।

यसमा क्लाउड फाइल ब्याकअप र भर्चुअल प्राईभेट नेटवर्क पनि हुने गर्छ । यस्तो एन्टिभाइरसले तपाईको सबै सुरक्षा समस्यालाई ठिक गर्ने गर्छ ।

तपाईलाई प्रविधि चलाउन कतिको आउँछ ?

प्रविधिको प्रयोगमा धेरै अभ्यस्त नभएकाले सजिलो प्रणाली भएको प्रोग्रामहरु छान्नुपर्ने हुन्छ । चलाउन सजिलो खालको एन्टिभाइरस चाहिएमा ‘ट्रेन्ड माइक्रो एन्टिभाइरस प्लस सेक्युरिटी’ प्रयोग गर्न सकिन्छ ।

इन्भेस्टोपिडिया रिभ्युअरको अनुसार यो एन्टिभाइरसमा एकदमै युजर फ्रेन्डली ड्यासबोर्ड रहेको छ । तर जुन पनि एन्टिभाइरस प्रयोग गरे पनि समय समयमा त्यसलाई अपडेट गरिरहनुपर्छ । त्यसपछि मात्रै पूर्ण रुपले सुरक्षित हुन सकिन्छ ।