कीवर्डहरू -

ग्यालेक्सी जेड फ्लिप ३ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

ग्यालेक्सी जेड फ्लिप ३ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्दै सामसङ

सामसङले आफ्नो आगामी इभेन्टमा नेक्स्ट जेनेरेसन फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सामसङ ग्यालेक्सी जेड फ्लिप ३ स्मार्टफोन सार्वजनिक गर्ने आशा गरिएको छ ।

बाहिर आएको रूमरअनुसार यसमा ६.९० इन्च टचस्क्रीन प्राइमरी डिस्प्ले हुने बताइएको छ । फोनमा १२ मेगापिक्सेलको प्राइमरी क्यामेरा हुनेछ । यसमा ३ वटा रियर क्यामेरा हुने जनाइएको छ ।

सामासङ ग्यालेक्सी जेड फ्लिप ३ एन्ड्रोइडमा आधारित फोन हुनेछ । फोनमा स्न्याड्रयागन ८८८ प्रोससर प्रयोग गरिएको छ । जेड फ्लिप ३ मा इनडिस्प्ले फिंगरप्रिन्ट, वाईफाई, जीपीएस, ब्लुटुथको सुविधा पनि हुनेछ ।