कीवर्डहरू -

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने, यस्तो छ तरिका 

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने, यस्तो छ तरिका 

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसारण विभागले आईतबार एक सूचना जारी गर्दै प्रेस पास र अनलाइन दर्ता सेवा पूर्ण रूपमा अनलाइनबाट मात्र प्रवाह हुने जानकारी दिएको हो ।

साउन २० गते बुधवारदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण, अनलाइन मिडिया दर्ता/नवीकरणसँग सम्बन्धित सेवा अनलाइनबाट मात्रै पाइने जानकारी दिएको हो ।

यसअघि विभागले भौतिक उपस्थितिमा  समेत सेवा दिदै आएको थियो । विभागले गत साउन १० गतेदेखि अनलाइन सेवाको शुरूवात गरेको थियो ।

विभागको वेबसाइट मा गएर अनलाइन सेवामा क्लिक गरी यो सेवा लिन सकिने छ । अनलाइन सेवामा क्लिक गरी आफुलाई आवश्यक विकल्प छनोट गरी सम्पूर्ण विवरण भर्नुपर्नेछ ।

त्यसपछि त्यहाँ मागिएको कागजातको २०० केबीभन्दा कम साइजको पीडीएफ फाइल अपलोड गर्नुपर्नेछ । सबै विवरण भरेपछि सबमिट गर्नुपर्छ ।

सबमिट भएपछि उक्त निवेदन विभागले स्वीकृत गर्नुपर्नेछ । विभागबाट स्वीकृत भएपछि कनेक्ट आईपीएसबाट राजस्व तिरिसकेपछि मात्र आफ्नो प्रमाणपत्र विभाग वा आफुलाई पायक पर्ने जिल्ला हुलाक कार्यालयबाट लिन सकिने छ ।