कीवर्डहरू -

एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य

एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य

सरकारले एक वर्षमा ९४ प्रतिशत जनसंख्यामा इन्टरनेट पुर्‍याउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा इन्टरनेट ग्राहकको घनत्व ९४ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

२०७७/७८ मा ९०.५६ प्रतिशत जनसंख्यामा इन्टरनेट पुगेको छ । त्यस्तै मन्त्रालयले चालु आर्थिक वर्षमा १९ हजार १७० किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने भएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षमा ७२ प्रतिशत जनसंख्यामा मोबाइल ब्रोडब्याण्ड विस्तार, ९२ प्रतिशत जनसंख्यामा डिजिटल टेलिभिजनको पहुँच, ७२ प्रकारका सरकारी सेवा अनलाइनबाट प्रवाह गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै ७५३ स्थानीय तह, ६ हजार ७४३ वडा कार्यालय, ४ हजार ५०४ स्वास्थ्य केन्द्र र ५ हजार ८०१ सामुदायिक माध्यामिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुर्‍याउने बताइएको छ ।

साथै एक वर्षमा फोरजी विस्तार ५० प्रतिशत प्रयोगकर्तामा पुर्‍याउने तथा मुख्य शहर र शहरन्मुख पालिकाका ३७७ ठाउँमा एफटिटिएच विस्तार गर्ने लक्ष्य लिएको छन् ।

\"\" \"\"