कीवर्डहरू -

ट्वीटरले एल्गोरिदम बायस पत्ता लगाउन ल्यायो बग बन्टी प्रतियोगिता, विजेतालाई ३, ५०० डलर पुरस्कार

ट्वीटरले एल्गोरिदम बायस पत्ता लगाउन ल्यायो बग बन्टी प्रतियोगिता, विजेतालाई ३, ५०० डलर पुरस्कार

ट्वीटरले एल्गोरिदम बायस पत्ता लगाउनका निम्ति बग बन्टी प्रतियोगिता सार्वजनिक गरेको छ । ट्वीटरले इमेज क्रपिङ अल्गोरिदम मा अहिलेसम्म नभेट्याएिको बायस पत्ता लगाएमा पुरस्कृत गर्नेछ । अप्रिल देखिनै ट्वीटरले इमेज क्रपिङ अल्गोरिदमलाई अझै शक्तिशाली बनाउन खोजिरहेको छ ।

यो एल्गोरिदमलाई ट्वीटरले सन् २०१८ देखि प्रयोग गर्दै आएको छ । यो एल्गोरिदमलले इमेजको प्रिभ्यूको रमाइलो पक्षहरु केके हो भनेर हेर्ने गर्दछ । यो एल्गोरिदमलाई मान्छेहरुले सेतो वर्णलाई मात्रै प्राथमिक्ता दिईरहेको भनेर आलोचना पनि गरेका थिए । यस्तै समस्याहरुलाई समाधाान गर्नका निम्ति ट्वीटरले आफ्नो कोड सार्वजनिक गरेको छ ।

यो कम्पनीको पहिलो एल्गोरिदम बायस बग बन्टी प्रतियोगिता हो । ट्वीटरले विजेतालाई ३,५०० डलरको पुरस्कार दिने बताएको छ । कम्पनीले एक्लै यस्तो समस्या ठिक गर्न नसक्ने हुँदा यस्तो प्रतियोगिता ल्याएको बताएको छ । यो प्रतियोगिताको विजेता अगस्त ८ मा ट्वीटरले होस्ट गरेको डेफ कन एआई भिलेज वर्कशपमा घोषणा गरिनेछ ।