कीवर्डहरू -

गोपनीयता उल्लंघन गरेको कसुरमा जुमलाई ८५ मिलियन डलर जरिवाना

गोपनीयता उल्लंघन गरेको कसुरमा जुमलाई ८५ मिलियन डलर जरिवाना

आफुविरुद्ध परेको गोपनीयता र जूमबम्बिङको मुद्दामा जुमले ८५ मिलियन डलर जरिवाना तिर्ने भएको छ । जुमले अमेरिकामा रहेका आफ्ना प्रयोगकर्ताहरुको गोपनीयता भंग गरेको भनेर अमेरिकाको क्लास एक्सन गोपनीयता मुद्दा अन्तरगत मुद्दा हालिएको थियो ।

जूमले सुरक्षा अझै बढाउने पनि प्रतिबद्धता गरेको छ  र आफ्नो कम्पनीको स्टाफहरुलाई सुरक्षामा आधारित प्रशिक्षण पनि दिने बताएको छ ।

‘जूमबम्बिङ’ को विरुद्ध कम्पनीको मुद्दा बदर गरिएको छ । सञ्चार सभ्यता ऐन अनुसार एपहरुमा यस्तो हरकतकोे विरुद्ध आफै सुरक्षित हुनुपर्ने हुँदा जूम यो मुद्दाबाट जोगिएको छ ।

जूमको सब्सक्राइबरले १५ प्रशिशत वा २५ डलर फिर्ता पाउनेछन् । जूमले अहिले पनि आफ्नो सुरक्षा नीतिमा खासै कमजोरी नरहेको दावी गरेको छ ।

जूमले केही समय अघि एण्ड टू एण्ड इन्क्रिप्सन ल्याएको थियो जसपछि यस्तो सुरक्षाका समस्याहरु आउन कम भएका छन् । तर यो अपडेट केही प्रयोगकर्ताले समस्या भईसकेपछि पाएकाले यो मुद्दा चलाइएको थियो ।