कीवर्डहरू -

वैज्ञानिकले पहिलो पटक फेला पारे ब्ल्याक होल पछाडि प्रकाश

वैज्ञानिकले  पहिलो पटक फेला पारे ब्ल्याक होल पछाडि प्रकाश

वैज्ञानिकले ब्ल्याक होलको पछाडि पहिलो पटक प्रकाश फेला पारेका छन् । यसमा वैज्ञानिकहरुले कस्मिकको फोटो पनि खिचेका थिए । यो प्रकाश ब्लयाक होल भन्दा ८०० मिलियन लाईट इयर टाढा रहेको छ ।

यसले ब्रह्माण्ड कसरी बनेको थियो भन्ने थप अनुसन्धान गर्न मद्दत पुर्‍याउने अन्वेषकले बताइएको छ । यसले आईन्सटाईनको सन् १९१६ मा आएको रिलेटिभीटि सिद्धान्तलाई पनि पुष्टि गरेको छ । ब्लयाक होलमा हुने कोरोना नामक एक्स रे अनुसन्धान गर्दा अनवेषकहरुले त्यो प्रकाश फेला पारेका हुन् ।

ब्लयाक होलमा गएको कुनै पनि प्रकाश फिर्ता नआउने हुँदा यो पटकको परिणाम आश्चर्यजनक लागेको हो । ब्लयाक होल सूर्य भन्दा १० मिलियन गुणा ठूलो रहेको छ र यो आई ज्वीकी नामक स्पाईरल ग्यालेक्सीमा रहेको छ । वैज्ञानिकहरुले यूरोपेली स्पेस एजेन्सीको एक्स एमएम न्यूटन र नासाको न्यूस्टार स्पेस टेलिस्कोप प्रयोग गरेर यो खोज गरेका हुन् ।