कीवर्डहरू -

फाइबर नेटमा आक्रमक नेपाल टेलिकम, यो वर्ष सवा २ लाख लाइन वितरण गर्ने   

फाइबर नेटमा आक्रमक नेपाल टेलिकम, यो वर्ष सवा २ लाख लाइन वितरण गर्ने   

नेपाल टेलिकमले चालु आर्थिक वर्षलाई ‘फाइबर नेट वर्ष’ घोषणा गर्दै फाइबर नेट विस्तारमा आक्रमक योजना अगाडि सारेको छ ।

नेपाल टेलिकमको फाइबर नेट (एफटीटीएच) छोटो अवधिमा धेरै ग्राहकले रुचाएको अवस्थामा नयाँ लक्ष्य निर्धारण गरेको हो । टेलिकमले चालु आर्थिक वर्षको २०७८/७९ बार्षिक कार्यक्रमअन्र्तगत मुलुकभर थप २ लाख २६ हजार फाइबर नेट विस्तारको योजना ल्याएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले अहिलेसम्म ग्राहकले मन पराएको आधारमा यो वर्ष उक्त लक्ष्य पुरा गर्न सकिन्छ भनेर योजना बनाएको बताए ।

‘हामीले मुलुकभर एक वर्षमा २ लाख २६ हजार थप लाईन विस्तार गर्ने लक्ष्य निर्धारण गरेका र्छौं’, अधिकारीले भने, ‘यो लक्ष्य पुरा गर्न हाम्रा केही योजना र तयारी छन् ।’

टेलिकमले उक्त लक्ष्य पुरा गर्न प्रादेशिक निर्देशनालय, कार्यालयहरुलाई पूरा गर्नुपर्ने लाइन संख्या तोकिदिएको छ । लक्ष्य ठाउँअनुसार फरक फरक राखिएको छ ।

टेलिकमले यो लक्ष्य पूरा गर्न कर्मचारीलाई विशेष सहुलियत दिने घोषणा गरेको छ । आफ्नो लक्ष्य पूरा गर्ने कार्यालय र कर्मचरीलाई प्रति वितरण लाईनवापत थप सुविधा दिने तयारी टेलिकमको छ । कर्मचारी कम हुने भएकाले टेलिकमले आफ्ना कर्मचारीलाई अफिस समयबाहेक बिहान, बेलुका, शनिबार पनि काम गर्ने कर्मचारीलाई थप सुविधा दिनेछ ।

लक्ष्य भेट्याउन टेलिकमको नेटवर्क तयारी अवस्थामा छ र अहिलेको मुख्या समस्या भने जनशक्ती अभाव रहेको अधिकारी बताउँछन् ।

टेलिकमले कर्मचारी अभाव भएको ठाउँमा आउटसोर्स गरेर पनि काम गरिहेको छ । विभिन्न ठाउँमा टेन्डरमार्फत निजी क्षेत्रलाई ल्याएर फाइबर नेट विस्तारको काम गरिहेको अधिकारीले बताए । अहिले पनि भक्तपुर क्षेत्र, गठ्ठाघर, सानोठिमी, छाउनीलगायतका क्षेत्रमा निजी क्षेत्रले काम गरिहरको छ।

नयाँ लक्ष्य पूरा गर्नको लागि काठमाडौंका एक दर्जन ठाउँमा टेन्डरमार्फत निजी क्षेत्रबाट काम गराउने तयारी टेलिकमको छ ।

साथै, टेलिकमले एफटीटीएच सेवालाई तीव्र विस्तार गर्न भन्दै अरुलेभन्दा सस्तो दिइरहेको उनले बताए । यसका साथै, एफटीटीएच जोड्ने ग्राहकलाई प्रतिदिन ३०० एमबी मोबाइल डेटा पनि दिइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार २०७८ जेठसम्म फाइबर नेटका ग्राहक १ लाख १४ हजार १ सय ३४ पुगेका छन् । टेलिकमले यो वर्ष सवा दुई लाख ग्राहक थप्ने योजना अगाडि सारेको हो ।