कीवर्डहरू -

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका हेड अफ सर्कल अफिस कुमारीपाटीका ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरेबापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

साथै उपत्यका बाहिरका यी विभिन्न विस्तारित सेवा केन्द्रहरुमा पनि ग्राहकहरुले छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।